• रमेश ,कुमार र शर्मिलाको नौमतिको धुन चर्चामा / हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार

    म्युजिक खवर जेठ ८ काठमाडौ /

    लोकप्रिय सर्जक रमेश वि.जीको उत्कृष्ट सिर्जना बजारमा आइरहेका छन । यसैक्रममा नयाँ पञ्चेवाजाको गित नौमतिको धुन सार्वजनिक भएको छ ।

    लोकप्रिय गायक कुमार पुन र पुरानी चर्चित गायीका शर्मिला गुरुङको आवाज रहेको सो गितमा रमेश वि.जीको लय तथा शव्द सिर्जना रहेको छ ।

    केहि समय पहिला वि.जीकै माकुरी सार्वजनिक भए पछि सबैमाझ लोकप्रियता कमाएको थियो । अत्यन्तै उत्कृष्ट शब्द सिर्जना गर्न सक्ने क्षमता भएका वि.जीलाई धेरैले लोकदोहोरीका धरोहरको रुपमा पनि लिन्छन । अनुसाशित र मिलनसार सर्जकको छवि बनाएका वि.जीका दर्जनौं कालजयी गित सार्वजनिक भइसकेका छन ।

    वि.जीले आज सम्म गित संगीतमा कसैले छि भन्ने काम गरेका छैनन् र अबको दिनमा पनि सस्तो लोकप्रियताको लागी कुनै गलत काम नगर्ने बताउछन ।

    वि.जीले सिर्जना गरेको पञ्चेवाजाको गितको पुरै म्युजिक यस्तो छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु