• रहेनन् दिपेन शाह : विश्व रेकर्ड राख्ने सपना अधुरै, यस्तो छ कष्टकर जीवनी (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार
    कार्तिक ३०, ईटहरी । नेपालकै होचो ब्यक्तिको रुपमा परिचय बनाएको दिपेन शाहको निधन भएको छ । उनी हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको उपनामबाट पनि चर्चामा आएका थिए । उनको यहि कार्तिक ३० गते बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो । उनी केही बर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।
    दोलखा घर भएका उनी केही वर्षदेखि परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनले आफू बिश्वकै होचो ब्यक्ती भएको भनर गिनिज बुक वल्ड रेकर्डमा नाम लेखाउन समेत लागि परेका थिए, तर उनको यो सपना अधुरै बन्न पुग्यो । केही समय अघि निर्माण भएको चलचित्र ‘सारथी’ र हाँस्य टेलिचलचित्र ‘छेउ न टुप्पो’ तथा ‘झ्याँईकुटी झ्याँई’ मार्फत दर्शकहरु सामु कलाकारको रुपमा प्रस्तुत भएका थिए ।
    उनको जिवन कहानी बुझ्नको लागि हेर्नुस भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु