• राई इज किङ्ग र डेनमार्क सुन्दरी एकसाथ (फोटो फिचर)

    म्यूजिक खबर
    प्रकाशित: १ मंसिर २०७२, मंगलवार

    सविता पोखरेल


    नेपाली सांगीतिक क्षेत्रमा ‘राइ इज किङ्गको उपाधिबाट चिनीएका गायक हुन् राजेश पायल राई । पुरुष भन्दा महिला फ्यान बढि हुँदा पनि अविवाहित नै रहेका गायक राईको विभिन्न सेलिब्रेटिसँग पनि नाम जोडिंदै आएको छ । यस्तै क्रममा पछिल्लो समय उनले मिस डेनमार्क जेस्सिकासँग भेटेका छन् । विदेशी भूमिमा सबैभन्दा बढि प्रस्तुति दिने कलाकारको अग्र पंक्तिमा रहेका राजेश पायल यतिबेला यूरोपमा छन्  । आफ्नो सांगीतिक भ्रमणका क्रममा स्टेज तताइरहेका राजेशले यसै हप्ता डेनमार्ककी सर्वाधिक सुन्दरी मिस जेस्सिकासँग पनि भेटेका छन् । डेनमार्कमा अध्ययन गरिरहेका स्थानिय गायक राजमान तामाङ्गको पहलमा उनले डेनमार्क सुन्दरीसँग भेट्ने अवसर मिलेको हो ।

    भेटका क्रममा उनले आफ्नो देशको भौगोलिक र सांस्कृतिक पहिचानको समेत अवगत गराएका थिए । वैशाख १२ मा गएको विनाशकारी महाभुकम्पले देश र जनताले सास्ती पाइरहेको बेला फेरि छिमेकी राष्ट्र भारतले नाकाबन्दी गरेर झन् प्रताडित बनिरहेको जानकारी गराए । त्यस्तै भगवान गौतम बुद्धको जन्म भएको देश र विश्वको सर्वोच्च शिखर सगरमाथाको भएको देश नेपाल हो भन्ने पनि उनले डेनमार्क सुन्दरीलाई जानकारी दिए । भेटपछि डेनमार्क सुन्दरी जेस्सिकाले राजेश पायललाई डेनिस भाषाका गीत गाउन अनुरोध गर्दा राजेशले यदि डेनमार्कका संगीतकारहरुसँग सम्पर्क भए आफू पछि नहट्ने बताए । नेपाली संगीत क्षेत्र अन्तर्गत गायन विधामा नम्बर एक गायकको स्थान बनाउन सफल गायक राजेश पायलले यो भन्दा अगाडि पनि अन्य अन्तराष्ट्रिय सेलिब्रेटिसँग सम्मानजनक भेट गरिसकेका छन् । राजेश पायलले हलिउड चर्चित नायिका डेमि मोरसँग पनि यस अघि नै भेटिसकेको जानकारी जितेन कार्कीले म्यूजिकखबरलाई बताए । कार्यक्रम संयोजक कार्कीका अनुसार यूरोपको कोपेनहेगनमा राजेश पायलको पछिल्लो प्रस्तुति रहने छ । नोभेम्बर २२ तारिकमा हुने कार्यक्रमा सबै नेपाली संगीतप्रेमीहरुलाई उपस्थित हुन उनी अनुरोध पनि गर्दछन् ।

    rajesh payal 1

    rajesh11

    rajesh payal 1

    rajesh demi more

    हलिउड नायिका डेमी मोरसँग राजेश

    rajesh payal 3

    rajesh urop

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु