• राई इज किङ्ग सँगै तात्यो कोपेनहेगन

    म्यूजिक खबर
    प्रकाशित: ८ मंसिर २०७२, मंगलवार

    मंसिर । राई इज किङ्गबाट प्रसिद्धि कमाएका नेपाली सुगम संगीतका धरोहर राजेश पायल राई यतिबेला सांगितीक भ्रमणका क्रममा युरोपमा व्यस्त छन् । स्वदेश र विदेशका स्टेज प्रोगाममा उतिकै व्यस्त भइरहने किङ्ग गायकले पछिल्लोसमयमा म्यूजिकल नाइट गर्न समेत भ्याएका छन् । राजेश पायल म्यूजिकल नाइट नाम दिइएको उक्त कार्यक्रम चार्लोटस्थित कोपेनहेगनमा सम्पन्न भएको हो ।

    rajesh-payal
    उनले ३० को हाराहारीमा आफ्ना सफल गीतहरु सुनाएका थिए । नाईं नभन्नु ल–४ को मैनाराज मैनारानी बोलको गीतबाट प्रस्तुति सुरु गर्दा देखि बसमा छैन यो मनबाट प्रस्तुति मैजारो गर्दा सम्म उनलाई दर्शकदिर्घाले साथ दिएका थिए । त्यस्तै सागर सागरसरी चोखो माया गाउँदा स्थानीय गायिका निरा थापाले साथ दिएकी थिइन् भने धरान धरान धनकुटा भेडेटारको बोलको गीतमा कुसुम दाहालले साथ दिइन्।

    rajesh_payal_urop
    कार्यक्रममा राजमान तामाङ, सन्तोष लामिछाने र रबिन दाहालले समेत आ–आफ्नो प्रस्तुति मार्फत स्टेज तताएका थिए । जितेन्द्र कार्कीको आयोजनामा भएको उक्त भव्य कार्यक्रमको सफल समापन भए लगतै गायक राई आज बेल्जियम जाँदैछन्। उनलाई म्यूजिक खबरको तर्फबाट हार्दिक शुभकामना।

    rajesh_payal_group

     

     

     

    rajesh in urope

     

     

     

    rajesh_payal

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु