• राजधानीमा बाँडियो नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८

    म्यूजिक खबर
    प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार

    २३ जेठ, काठमाडौं । समाचारमूलक अनलाईन न्यूजपोर्टल नेशनल पावर न्यूज डटकमलाई शीर्ष नाम दिँदै मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि को आयोजनामा भएको ‘नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८’ सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजना गर्दै विभिन्न भाषाभाषीका स्रष्टा र सिर्जनालाई अवार्ड बितरण गरिएको हो । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ वटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । अन्य प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र समाजिक ख्याति कमाएका ६ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा मकवानपुर चलचित्र पत्रकार शाखाका अध्यक्ष मणिराज गौतमलाई रु पाँच हजार एक सयसहित पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो । त्यसैगरी संसारकै अग्लो ठाउँमा गएर कार्यक्रम आयोजना गरेर गिनिज बुकमा नाम लेखाउन सफल कार्यक्रम आयोजक आर के सुवेदी, समाजसेवी महिला शोमा खत्री, बालकलाकार सम्राट दाहाल, समाजसेवी च्याङवा लामा, साउण्ड ईन्जिनियर मिन विष्ट, लगायतका स्रष्टा सम्मानित भएका थिए । अवार्डमा प्रोत्साहनको लागि सम्मान गरिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।

     


    प्रमुख अतिथि कानूनमन्त्री शेरबहादुर तामाङ, राष्ट्रिय गीतका रचयिता प्रदिपकुमार राई (व्याकुल माईला) लगायतको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रममा साउथवेस्टर्न स्कुलको नृत्य तथा गायन प्रस्तुति रहेको थियो ।

    को–कसले पाए अवार्ड
    कन्हैया सिंह – आधुनिक÷पप उत्कृष्ट स्वर
    शान्तिप्रिय – आधुनिक÷पप उत्कृष्ट शब्द
    पदम रोकाया – आधुनिक÷पप उत्कृष्ट संगीत
    जीवन शाही – आधुनिक÷पप उत्कृष्ट भिडियो
    अमृता लुङगेली मगर – लोकदोहोरी उत्कृष्ट स्वर
    सहदेव कोईराला –लोकदोहोरी उत्कृष्ट शब्द
    अमृत खाती – लोकदोहोरी उत्कृष्ट संगीत
    शिव वि.क÷दिपासा वि.सी – लोकदोहोरी उत्कृष्ट भिडियो
    सुगम पोखरेल – चलचित्र (ऐश्वर्य) उत्कृष्ट स्वर
    धिरेन्द्र प्रेमर्षि – चलचित्र (संरक्षण) उत्कृष्ट शब्द
    राजन राज सिवाकोटी – चलचित्र (कुटुमा कुटु) उत्कृष्ट संगीत
    चादनी मल्ल – उत्कृष्ट गीत (डेउडा)
    विरेन्द्र भाट – (विपिन)उत्कृष्ट भिडियो (डेउडा)
    रोजी डंगोल श्रेष्ठ – उत्कृष्ट गीत (नेवारी भाषा)
    पुर्णकाजी ज्यापु – उत्कृष्ट भिडियो (नेवारी भाषा)
    सुशन साम्सोहाङ – उत्कृष्ट गीत (लिम्बु भाषा )
    लोकेन सांवा लिम्बु – उत्कृष्ट भिडियो (लिम्बु भाषा)
    दोर्जे लामा – उत्कृष्ट गीत (शेर्पा भाषा)
    गम्पो शेर्पा – उत्कृष्ट भिडियो (शेर्पा भाषा)
    पुर्ण राई – उत्कृष्ट गीत (राई भाषा)
    मधु सुदन थापामगर – उत्कृष्ट गीत(मगर भाषा)
    टीका बोम्जन – उत्कृष्ट गीत (तामाङ भाषा )
    राजकुमार मोक्तान – उत्कृष्ट भिडियो (तामाङ भाषा)
    अर्जुन कौशल – उत्कृष्ट गीत (चौधरी भाषा)
    भिम अधिकारी – उत्कृष्ट भिडियो (चौधरी भाषा)

    क्रिटिक्स जुरी र ईन्करेजमेन्ट अवार्ड
    विरज महर्जन
    द विकल्प व्याण्ड
    समिक्षा चौधरी
    रामलाल चौधरी
    हरि उप्रेती
    गोविन्द गौतम
    विकाश चौधरी
    किरण अधिकारी
    जय देवकोटा
    राजु थापामगर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु