• राजनले खोज्दैछन् च्वाँक केटी (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार

    काठमाडौं, ३० साउन । गायक राजन भुजेल यतिखेर च्वाँक केटीको खोजीमा छन् । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं छिरेका राजन भुजेलले आधा दर्जनभन्दा बढी गीतहरु गाइसकेका छन् । काठमाडौं छिरेपछि आर्थिक अवस्थालाई मजबुत बनाउनुपर्छ बल्ल मात्र कलाकारितातर्फ सबल भइन्छ भन्ने  उद्देश्यले लागेका राजनले आफ्नो समय व्यावसायतिर मोडपछि अन्तत सोचेजति गीत गाउन नसके पनि वर्षमा एउटा गीत दिने र चर्चायोग्य दिने भन्ने उद्देश्य लिएर अघि बढिरहेका छन् । समय मिलाएर गीतसंगीतमा होमिँदै आएका राजन भुजेल उसो त लोकदोहोरीको क्षेत्रमा परिचित नाम नै हुने ।
    यसभन्दा अघि साइलाले त्यसै गाउँदैन बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले उनलाई गायकको परिचयमा राम्रो सहयोग मिलेको थियो । त्यसपछि पनि निरन्तर गायनमा सक्रिय रहेका राजनले आफ्नै म्यूजिक कम्पनी गलेश्वर म्यूजिकबाट यतिबेला मलाई च्वाँक केटी चाहिन्छ बोलको गीत बजारमा ल्याएका छन् । सांगीतिक परिवारबाट लोकदोहोरीको क्षेत्रमा रमाइरहेका गायक भुजेल गीतसंगीत भनेको मानव जीवनका लागि अत्यावश्यक भएको बताउँछन् । गीतसंगीतबिना मानिसको जीवन अधुरो हुन्छ भन्ने सोचका साथ अघि बढेका गायक राजन भुजेलले गाएको च्वाँक केटी चाहिन्छले तिजको अवसरमा पनि तिजका गीतहरुसँग राम्रै प्रतिस्पर्धा गरिरहेको छ । डिजिटल प्रविधिमा पनि राम्रो स्थान पाइरहेको च्वाँक केटीमा राजनको साथमा टीका पुनले स्वर दिएकी छिन् । विष्णु न्यौपानेको लय र ध्रुव हिमालीको शब्द रहेको उनको च्वाँक केटी चाहिन्छ पछिल्लो समयको लोकदोहोरीको क्षेत्रमा राम्रो बजार पाएको गीतमा परेको गायक भुजेल बताउँछन् । उनको च्वाँक केटीको म्यूजिक भिडियोलाई भने कुमार केसीले निर्देशन गरेका छन् । यो गीतको सफलताले राजन यतिबेला हौसिएका छन् । अब छिट्टै अर्को गीतको तयारीमा जुटिरहेको छु, उनले भने ।

    tika pun

    priyanka

    भिडियो हेर्नोस्
    [youtube]https://www.youtube.com/watch?v=SfQhVAaDDSI[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु