• राजिवले खोले संगीत स्कुल

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७२, आईतवार

    नृत्यको क्षेत्रमा क्रियाशील रहँदै आएका राजीव श्रेष्ठ संगीत स्कुल खोलेका छन् । नयाँबजारस्थित द श्रीराज इन्टरटेनमेन्ट नाम दिएर उनले स्कुल संचालनमा ल्याएका हुन् । नृत्यमा पारंगत रहेका राजीवले अरुलाई पनि आफूले सिकेको शिक्षा दिनुपर्छ र नृत्यमा रुचि हुनेहरुका लागि नयाँ प्रयोगका साथ अघि बढ्न निरन्तर अभ्यास आवश्यकता पर्ने भएकाले नृत्य प्रशिक्षणको कक्षा सुरु गरेको पनि बताएका छन् ।

    विगत आधा दशकदेखि नृत्यमा निरन्तर लागिरहेका राजीवन एक दर्जन जति म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् भने स्टेज प्रोग्रामहरुमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् । विभिन्न ठाउँमा हुने मेला महोत्सव, अवार्ड जस्ता कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति पस्किसकेका राजीवले कला क्षेत्रमा नै जीवन बिताउने उद्देश्यका साथ अघि बढिरहेका छन् । राजीवले विधिवत् रुपमा संचालनमा ल्याएको उक्त संगीत स्कुलमा अहिले नृत्यका कक्षाहरु संचालन भइरहेका छन् भने विस्तारै संगीतका अन्य विधाहरुको कक्षा पनि सुरु हुने बताएका छन् ।

    rajiv shrestha

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु