• रापती म्यूजिक अवार्डमा अन्जु र अजर उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: २ बैशाख २०७५, आईतवार

    १ बैशाख, काठमाडौँ । छैटौं राप्ती म्युजिक अवार्डमा गायिका अन्जु पन्त र गायक अजर जंगम उत्कृष्ट गायक गायिका बन्न सफल भए भने संगीतकार हरि लम्साल उत्कृष्ट संगीतकारको रुपमा अवार्ड चुम्न सफल भए । त्यसैगरी गायिका टीका पुन र खुमन अधिकारी लोकदोहोरीतर्फ उत्कृष्ट गायक गायिका बन्न सफल भए । त्यसैगरी उत्कृष्ट लोकगीतको विधाबाट गायक गणेश गुरुङले अवार्ड चुम्न सफल भए । सांस्कृतिक सस्थानसँगको सहकार्यमा आयोजित कार्यक्रममा सङ्गीतका विभिन्न ३७ विधामा ४२ जनालाई अवार्ड बाँडिएको थियो भने वरिष्ठ वाँसुरीवादक प्रेम राणा औतारीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।


    उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा समाजका महासचिव प्रवीण कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्णायक मण्डलको तर्फबाट निर्णय हस्तान्तरण गर्दै कार्यक्रमको निर्णायक तथा राष्ट्रियसभा सदस्य वरिष्ठ गायिका कोमल ओलीले आफ्नो धारणा व्यक्त गरिन । सांस्कृतिक सस्थानका महाप्रबन्धक राजेश थापाले अध्यक्षता गरेको कार्यक्रमलाई समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले संचालन गरेका थिए ।


    कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपाली कला र सस्कृतिको संरक्षणका लागि रापती समाजले उच्च योगदान गरेको भन्दै प्रसंशा गरेका थिए । त्यसैगरी कार्यक्रम आयोजनाका क्रममा प्रत्यक्ष ,परोक्ष साथ दिने सम्पुर्णलाई कार्यक्रमका सम्योजक सङ्गीतकार गोविन्द मधुर आचार्यले धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाली सङीत र चलचित्र क्षेत्र लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    अवार्ड विजेताहरुको नामावली

    १. राष्ट्रिय भावको गीत –यम भण्डारी
    २. चलचित्र गीत रचनाकार– मुक्त उदास
    ३. चलचित्र संगीतकार – अर्जुन पोख्रेल
    ४. चलचित्र गायिका – विन्दु परियार
    ५. चलचित्र गायक – सुरेश लामा
    ६. सुगम संगीत नव गायिका – सारिका घिमिरे
    ७. सुगम संगीत नव गायक – रूद्र शेखर शर्मा
    ८. युगल गायन – यस राज कुमार र मेलिना राई
    ९. गजल– विपिन किरण
    १०. संगीत संयोजक (चलचित्र, आधनिक, पप)–सुदिप सागर
    ११. ध्वनी मिश्रण – श्याम स्वेत रसाइली
    १२. नव प्रतिभा राप्ती – समिक्षा पौडेल
    १३. डायश्पोरिक गीतकार – राखी गौचन
    १४. राप्ती बहुमुखी प्रतिभा – सिर्जु अधिकारी
    १५. राप्ती बाल प्रतिभा – सुप्रिया पाण्डे
    १६. सुगम गीत रचनाकार – भावेष भुमरी
    १७. सुगम संगीत संगीतकार – हरि लम्साल
    १८. म्युजिक भिडियो निर्देशक (आधुनिक पप) – क्रान्ति के.सी
    १९. सुगम संगीत म्युजिक भिडियो मोडल महिला– सुष्मा अधिकारी
    २०. सुगम संगीत म्युजिक भिडियो मोषल पुरूष– दुर्गेश थापा
    २१. सुगम संगीत गायिका – अञ्जु पन्त
    २२. सुगम संगीत गायक – अजर जंगम
    २३. सुगम संगीत एल्वम – दीप दर्पण(दर्पण)
    २४. पप गीत – हिमाल श्रेष्ठ
    २५. म्युजिक भिडियो छायाँकार – राजेश घिमिरे
    २६. म्युजिक भिडियो सम्पादक – निशान घिमिरे
    २७. लोक गीत– गणेश गुरूङ
    २८. लोक दोहोरी नव गायिका – भूमिका गिरी
    २९. लोक दोहोरी नव गायक – यज्ञ वि.क
    ३०. लोक दोहोरी संगीत संयोजक– केशव बडु
    ३१. लोक दोहोरी शब्द – कस्तुप पन्त
    ३२. लोक दोहोरी भाका –वसन्त थापा
    ३३. लोक दोहोरी गायिका – टिका पुन
    ३४. लोक दोहोरी गायक – खुमन अधिकारी
    ३५. सुगम संगीत मोडल महिला – सारिका के.सी
    ३६. लोक दोहोरी मोडल पुरूष – महेन्द्र गौतम
    ३७. लोक दोहोरी भिडियो निर्देशक – स्मृति तिमिल्सिना
    ३८. एस एम एस अवार्ड – बवि गुरूङ निश्चल
    ३९. जुरी अवार्ड – सनम कठायत
    ४०. पब्लिक च्वाइस अवार्ड – राजन राज सिवाकोटी
    ४१. एप्रिसिएसन अवार्ड – शान्त शिशिर र देवराज आचार्य
    ४२. इन्करेजमेण्ट अवार्ड – सन्देश शाह

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु