• रामकृष्णलाई साउथ एसियन म्यूजिक अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०७१, मंगलवार

    काठमाडौं । प्रसिद्ध गायक रामकृष्ण ढकाललाई दक्षिण एसियाली मुलुकहरुबीच बंगलादेशको राजधानीमा भएको एक कार्यक्रमकाबीच साउथ एसियन म्यूजिक अवार्ड प्रदान गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरुबीच संगीतका माध्यमले सुसम्बन्ध राख्ने उद्धेश्य सन् २०१३ मा स्थापना भएको साउथ एसियन म्युजिक अवार्डबाट गायक रामकृष्ण ढकाल सम्मानित गरिएको हो। बंगलादेशको राजधानी ढाकामा गत चैत ६ गते उनले सम्मानसँगै एक हजार डलर नगद पनि पाएको कुरा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

    कार्यक्रममा ढकालले बंगलादेशमा अध्ययनरत चिकित्साशास्त्र र इन्जिनियरिङका शिक्षार्थीहरुमाझ गरिएको सर्भेमा आफु सबैभन्दा लोकप्रिय देखिएका कारण अवार्ड पाउन सफल भएको बताए । यो अवार्ड यसअघि बंगलादेशी गायकले पाएका थिए । यो सम्मान आफैमा एउटा गर्वलायक सम्मान हो, ढकालले भने । ढाकामा भएको उक्त कार्यक्रममा बंगलादेशी प्रधानमन्त्रीका सल्लाहकार गोहेर रिज्वी, सांसद फजिल अटुन्सी बप्पी तथा ढाकास्थित नेपाली राजदूत हरिकुमार श्रेष्ठले गायक ढकाललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । गायक ढकालका अनुसार उक्त कार्यक्रममा बिहान उठ्ने बित्तिकै, ‘मन पराउने हजार भेटिन्छन्, ‘बाँचुञ्जेलीलाई र ‘ओराली लागेको गीत गाएको पत्रकार सम्मेलनमा बताएका थिए ।

    ramkrishna

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु