• रामकृष्ण ढकालले भने– बाटो गल्लीको देवता म

    म्यूजिक खबर
    प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार

    २१ जेठ, काठमाडौं । गायक रामकृष्ण ढकाल भन्ने वित्तिकै गायनको निरन्तरतामा एउटा ठूलो खम्बाको रुपमा परिचित छन् । स्वरसम्राट नारायण गोपालको पदचापलाई पछ्याउँदै इतिहास रचेको गायकको परिचय पनि उनीभित्र छ । यतिबेला भने उनले फरक पहिचानसहित आफूलाई प्रस्तुत गरेका छन् ।
    गायक रामकृष्ण ढकालको स्वरमा ‘बाटो गल्लीको देवता’ बोलका गीत सार्वजनिक भएको छ। ‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर’ बोलको गीतमा वास्तविक देवताको कथालाई प्रस्ट्याउने प्रयास गरिएको छ। मनिष वशिष्ठको लेखन तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ।

     

    नजिकको तीर्थ हेलाँ हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार गरिएको ढकालको दाबी छ । यस गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको ढकाल बताउँछन्।

    गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारी लगायत कलाकारहरुको अभिनय छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईँको छायांकन तथा विकास धमलाको सम्पादन छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु