• रारातालमा लेकाली माया

    म्यूजिक खबर
    प्रकाशित: १९ आश्विन २०७२, मंगलवार

    विमर्श न्यौपाने


    को होला त्यो मसँग आँखा जुदाउने बोलको गीतबाट चर्चाको शिखरमा पुगेका गायक सुनिल गिरी फेरी आफ्नो नौलो प्रस्तुतीको साथ दर्शक श्रोतामाझ आएका छन । सुनिल पछील्लो समय आफ्नी लेकाली माया सहित आएका छन । उनलाई लेकाली मायाले निक्कै साथ पनि दिईरहेकी छिन । लेकाली माया भनेको सुनिलको पछील्लो समय बजारमा आएको एलबम रहेको छ । पहिले एकल स्वरमा गीत बजारमा प्रस्तुत गर्ने सुनिल ले यसपाली भने युगल गीत प्रस्तुत गरेका हुन । लेकाली मायामा सुनिललाई सुमन गुरुङको साथ रहेको छ । लेकाली मायाको अडियो र भिडियो दुबैले अहिले दर्शक श्रोताको माया पाया पाईरहेको छ ।

    जुम्लाको सिजा र मुगु जिल्लाको रारातालमा छायांकन गरिएको उक्त गीतको भिडियो पनि उतिक्कै उत्कृष्ट बनेको छ । सो भिडियोलाई निकै लामो समयसम्म लोक दोहोरी गीतका भिडियो निर्देशन गरेका आशलाग्दा निर्देशक प्रबिन भट्टले निर्देशन तथा सम्पादन गरेका हुन । सुनिलको आठौ गीतको रुपमा रहेको लेकाली मायामा रारा ताल लगायत अन्य थुप्रै मनोरम दृश्यले पनि दर्शकलाई अझ आकर्शित बनाएको छ । लेकाली मायाको शब्द रचना र संगीत स्वयम गायक सुनिलले नै गरेका हुन । गीतको भिडीयोमा कृष्टिना थापा, नसिव अधिकारीको अभिनय रहेको छ ।

    LYKALI MAYA_SECOND LOOK_SUNIL GIRI

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु