• राष्ट्रिय चलचित्र नीति पारित

    म्यूजिक खबर
    प्रकाशित: २४ फाल्गुन २०७१, आईतवार

    काठमाडौं । लामो समयदेखि चर्चामा रहँदै आएको राष्ट्रिय चलचित्र नीति अन्ततः सरकारले पारित गरेको छ । राजधानीमा शुक्रबार आयोजित फिल्म ‘स्काउट द ब्रेभ’ को मुहुर्त कार्यक्रममा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले उक्त कुराको जानकारी दिएका हुन् ।
    ‘आज म तपाईहरुलाई एउटा खुशीको कुरा सुनाउँदैछु । सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ ।’ मन्त्री रिजालले हास्दै भने । उनले नीति पारितसँगै विदेशी फिल्मलाई नेपालमा छायांकन गर्न सजिलो हुने, सबै भाषाका फिल्म सहज रुपमा नेपाली हलमा चल्ने प्रावधान हुने, नेपालमा प्रशारण हुने सबै विज्ञापनमा नेपाली कलाकार नै खेल्न पाउने लगायतका फाइदा हुने खुलाए ।

    सरकारले वरिष्ठ फिल्मकर्मी यादव खरेललाई राष्ट्रिय चलचित्र नीति निर्माण समितिको संयोजकका रुपमा केही समय अघि जिम्मेवारी दिएको थियो । जिम्मेवारी अनुरुप खरेलले चलचित्र नीतिको प्रारम्भिक खाका सरकारलाई बुझाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु