सुमन बैरागी÷काठमाडौं, २६ असार
राष्ट्र भन्नु हाम्रो शिर जीवन भन्नु पाऊ
शिरै छिने कहाँ पाउँछौ, पाउ राख्ने ठाउँ
………….
माथिका पंक्तिहरु राजु सिंहको संगीतमा स्वरुपराज आचार्यले स्वर दिएका छन् । जसलाई गीतकार रमेश अधिकारीले आफ्ना हृदयभावलाई उतारेका छन् । राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीतकार रमेश अधिकारीका शब्दहरुले धेरै राष्ट्रियता सम्बन्धी गीतहरु लेखिसकेका छन् । आफू जन्मिएको राष्ट्र र आफ्नो राष्ट्रियता नै आफ्नो पहिचान हो भन्ने गीतकार अधिकारी राष्ट्रप्रेममा डुबेको धेरै भइसक्यो । धेरैले मायाप्रेमसँग सम्बन्धित गीत लेखेर आफ्नो पहिचान बनाए तर गीतकार अधिकारी भने आफूलाई राष्टप्रेम वा राष्ट्रको माया ममतासँग नै रमाउने गर्छन् ।
डाँफे मुनाल गुराँसका झुप्पामा
मेरो देश छ, संसारकै टुप्पामा
नहुने के छ र ? संसारकै सुन्दर छ हाम्रो नेपाल
जस्ता सार्थक र जीवन्त सिर्जना आनी छोइङ्ग डोल्माले गाएको ‘को हो ठूलो, को हो सानो’, शिला बहादुर मोक्तानको संगीतमा कुन्ती मोक्तानले गाएको ‘भूल भयो जीन्दगीलाई फर्की हेरिन’ होस् वा भरत सिटौलाले गाएको अचानक, कहिले आगो कहिले पानी पनि उत्तिकै चर्चित गीतहरु हुन् । समाजको कला संस्कृतिलाई सबै नेपालीले आफ्नै पहिचान बनाउनुपर्छ भन्ने हेतुले गीत लेखनमा होमिएका रमेश अधिकारीले समाजपरक धेरै गीतहरु लेखिसकेका छन् । समाजमा रहेका यथार्थतालाई गीतमार्फत उतार्न सफल अधिकारीले लेकैमा चौरी, पाटनैको पातलो चिउरा जस्ता गीतहरुलाई गायक तुलसी पराजुलीले स्वरबद्ध गर्दा सबैलाई आफ्नो गाउँको याद गराउँछ ।
त्यस्तै राजु परियार लक्ष्मी न्यौपानेले स्वरबद्ध गरेको डाँफे हिमालमा वा थानेश्वर गौतम र विमा कुमारी दुराले स्वरबद्ध गरेको सोल्टी सिंगापुर होस् लोकगीतको क्षेत्रमा राम्रो छाप छोड्न सफल गीतहरु हुन् । पूर्वमा जन्मिएर आफ्नो कर्मथलोका रुपमा काठमाडौंलाई लिए पनि गीतकार अधिकारी अझै पनि उही लहरा पहराको गीत लेखिरहेका छन्, उही गाउँ समाजमामा आफ्नो मन मस्तिष्कलाई दौडाइरहेका छन् र एउटा सरल एवं यथार्थपरक शब्दहरुलाई गीतको माध्यमबाट सबैका सामु ल्याउन सफल भएका छन् ।
अधिकारीले धेरै गाउँका व्यथा लेखे, राष्ट्रको कथा लेखे अनि समाजमा आफूलाई गीतकारको पहिचान दिलाउन संघर्ष गर्दागर्दै एउटा सफल गीतकारको पंक्तिमा यतिबेला उभिएका छन् । पछिल्लो समय गीतकार अधिकारीले लेखेको गीत गालैको कोठीमा चर्चाको शिखरमा छ । सधैं समाज र राष्ट्रप्रेमलाई धरातल बनाएर गीत लेख्दा लेख्दै अधिकारीले यतिखेर भने फरक विषयमा कलम चलाएका छन् । एउटा नारीको कोमलतालाई शब्दमा उतार्दै गीतकार अधिकारीले लेखेको गीत गालैको कोठी गायक शिव परियारको संगीत र स्वरमा यतिबेला बजारमा बज्न थालेको छ । तर जति गायक गायिका चर्चामा हुन्छन् त्यसको पछाडि संगीतकार र गीतकारको नाम कमै आउँछ । तर पनि गीत लेखनको निरन्तरतामा गीतकार अधिकारीको कलम चलिरहेको छ ।
विगत दुई दशक देखि सक्रिय, राष्ट्र र राष्ट्रियता, सामाजिक सचेतनाका क्षेत्रमा कलम चलाउने युवा कवि÷गीतकार रमेश अधिकारीले हालसालै विश्वका दुर्लभ जनावर सम्बन्धि कविता संग्रह पाटेबाघ अंग्रेजी अनुवाद सहित बजारमा ल्याएका छन् । पाटेबाघ कवितासंग्रह नेपालीमा जसरी राम्रो स्थापित भयो त्यसलाई पुनः अंग्रेजीमा अनुवाद गरी विश्वसामु पु¥याउन सफल भएका छन् कवि एवं गीतकार अधिकारी । कवि एवं गीतकार अधिकारीद्वारा लेखिएको अर्को पुस्तक हो पाटेबाघ जुन पुस्तकमा ऋक्ष्त्भ्क् अन्तर्गत सुचिकृत दुर्लभ जनावरहरुको संरक्षण तिनीहरुको अवैध व्यापार र ओसारपसार नियन्त्रण, जीव र जंगलको मानवसँगको सम्बन्ध, यिनीहरु लोप भएमा त्यसबाट यस पृथ्वीमा र प्रत्यक्ष मानवलाई पर्ने प्रभाव जस्तो नयाँ सोच र खोजका साथ लेखिएको छ ।
विभिन्न पुरस्कार सम्मानबाट सम्मानित व्यक्तित्व रमेश अधिकारीले हालसम्म चार पुस्तक लेखिसकेका छन् । यी सबै पुस्तक कुनै न कुनै अर्थमा ऐतिहासिक र पृथक रहेको देखिन्छ । मेरो देश भन्ने पुस्तक अधिकारीले लेखेको प्रथम कृति हो । उक्त कृतिलाई विश्वमा नै पहिलो पटक संसारको सबैभन्दा उच्च हिमाल सगरमाथाको चुचुरोबाट सार्वजनिक गराइ विश्व कीर्तिमानी रेकर्ड कायम गराएका छन् । यो पुस्तक सँगसँगै . जसमा बालश्रम शोषण विरुद्ध ब्क्ष्म्क् विरुद्ध विश्वमा धर्म र द्वन्द्वको नामबाट बालबालिकामा पर्न गएको प्रभाव र शिक्षाको क्षेत्रबाट बञ्चित हुनुपरेको कारुणिक विषयवस्तुलाई गीतमा उठाइएको शान्ति र जीवन ९एभबअभ बलम षिभ ० नामक अडियो सि.डी पनि सगरमाथाको चुचुरोबाट नै सार्वजनिक गरेका थिए । बजारमा मायाप्रेमका गीतहरुले कब्जा गरिरहेको भए पनि समाजलाई बदल्न सक्ने गीत रचना गर्नुमा आफूलाई आनन्द भएको गीतकार अधिकारी बताउँछन् ।
यस्तै गरी मुटुभित्रका हरफहरु वहाँको दोस्रो पुस्तक हो जुन कृतिमा नेपाली ठेट, झरो शब्दलाई बढि भन्दा बढि प्रयोग गरी नेपाली जनजिब्रोबाट, मनमष्तिष्कबाट हराउँदै गएको आफ्ना पनका आफ्ना मनका शब्दलाई थोरै भएपनि संरक्षण गरौं भन्ने अभिप्रायले विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित तुम्लिङटार संखुवासभामा ५०० भन्दा बढी विद्यार्थी, स्थानीय बुद्धिजीविबाट सबैका लागि शिक्षा र सबैका लागि पर्यटन शिक्षा भन्ने नारा सहित सार्वजनिक गरिएको थियो ।
जहिले पनि हाम्रा सिर्जना राम्रा हुन् र केही केही समाजमा, देशमा योगदान पुगोस भन्ने चाहना आफूले गर्ने सृजनामा सोच्ने गरेको अधिकारी बताउँछन् । हालसम्म १० वटा एकल रचनामा गीतिएल्वम बजारमा ल्याईसकेका गीतकार अधिकारीका लगभग दुई सयवटाभन्दा बढी गीत रेकर्ड भइसकेको छ । एभरेष्ट वल्र्ड रेकर्ड, एभरेष्ट हिरोजस्ता अन्तर्राष्ट्रिय सम्मान पाएका अधिकारीले भर्खरै सम्पन्न म्यूजिक खबर म्यूजिक अवार्डबाट पनि सर्वोत्कृष्ट राष्ट्रिय गीतकारको अवार्ड प्राप्त गर्न सफल भएका छन् । त्यस्तै श्रुति संगीत विद्यालय सम्मान, नेशनल प्रोग्रामिङ सम्मान जस्ता दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका अधिकारी अधिराज्यव्यापी बालगीत प्रतियोगितामा दुई पटकसम्म उत्कृष्ट बन्न सफल भएका थिए । त्यस्तै अधिराज्यव्यापी एड्सविरुद्ध चेतना अभियानमा आयोजित गीतलेखन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेका अधिकारीले अन्ततः समाजलाई परिवर्तन गर्दै चेतनामूलक गीत लेखनलाई प्रमुखता दिने बताउँछन् । राष्ट्र रहे मात्र हामी नेपाली रहन्छौं भन्ने सोचका साथ अघि बढेका अधिकारीले राष्ट्रियतालाई मूल मर्म मान्दै गीत लेखनको कर्म गर्ने बताउँछन् ।