• रिदमको जिन्दगी

    म्यूजिक खबर
    प्रकाशित: ४ मंसिर २०७२, शुक्रबार

    जिन्दगी सबैको आ–आफ्नै हुन्छ । जिन्दगीमा भोगेका भोगाइलाई सबैले आ–आफ्नै तरिकाले हेर्ने गरिन्छ । जिन्दगीमा भएका तीता मिठा क्षणभित्र धेरै रमाउने गर्छन् । त्यही जिन्दगीको एउटा पेरीफेरीमा रमाएका गायक हुन् रिदम राई । धराने युवा रिदमले संगीतको क्षेत्रमा पाइला टेक्दै गर्दा एउटा सपना पूरा भएको बताए । तर संगीतमा लाग्ने सपनालाई अब निरन्तरता दिने काममा भने सबैको साथ र समर्थनको खाँचो भएको पनि बताउन भुलेनन् ।
    राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै गायक राईले आफ्नो गीतिएल्बम ‘जिन्दगी’ सार्वजनिक गरेका हुन् । जिन्दगीको लक्ष्य नै गायक बन्ने थियो त्यसैले संगीतको यात्रमा लागेको उनले बताए । मेरो पहिलो खुड्किलो मात्र हो, म शिखर चुम्न सकुँला नसकुँला संगीतको शिखर चुम्ने लक्ष्य भने बोकेर हिंडेको छु, उनले पत्रकारहरुसँग भने । आफ्नै स्वर र शब्दमा तयार पारिएको एल्बम जिन्दगीमा शंकर थापा, निलम रोजु राई र रिदमको संगीत रहेको छ । मायाप्रेमकै पेरीफेरीमा रहेर तयार पारिएको गीतिसंग्रह जिन्दगीमा ‘जिन्दगी एउटै, आज तिम्रो, पलपल, तिमी मेरो, रोकिदिन्छ, मेरो माया, जुनी जुनी, मैले गाउने’ जस्ता गीत समावेश गरिएको छ । रिभेन्ज म्यूजिक क्रियशनले बजार प्रबद्र्धन गरेको जिन्दगी गीतिसंग्रहमा रिदमको जिन्दगीभित्रको एउटा कथा समेटिएको छ भन्दा फरक पर्दैन ।

    jindagi reedam

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु