• रिमिक्स धमाका ‘पहिलो सो’ भव्यताका साथ सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७०, बिहीबार

    क्वालालाम्पुर,  १६ माघ  । चाइनिज नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको रिमिक्स धमाका ७ को पहिलो दिनको कार्यक्रम आज जोहोर राज्यको बातुपाहातमा सम्पन्न भएको छ ।

    दिउँसो २ वजेबाट शुरु भएको धमाका कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार र स्थानीय श्रमिक कलाकारहरुको प्रस्तुती रहेको थियो । चर्चित दोहोरी गायिका मन्जु महतद्वारा संचालिच कार्यक्रममा सदावहार नायक शिव श्रेष्ठले आफुले अभिनय गरेका चलचित्रका संवाद बोलेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । यस्तै नायिका अनु शाहले नृत्य प्रस्तुत गरेकी थिइन् । गायक मिङमा शेर्पा र गायिका विष्णु चेम्जोङ्गले आफ्ना चर्चित गित प्रस्तुत गरेर दर्शको मन जितेका थिए । हास्य कलाकार हर्के हल्दारको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन गराएको थियो भने मन्जु महत र शिव हमालको दोहोरीले दर्शकलाई स्टेजमा उकालेर नचाएको थियो ।

    प्रभु विकास बैंक, प्रभु मोवाईल र प्रभु मनी ट्रान्सफरको प्रायोजन र जिरो माईल एसडिएन विएचडिको आयोजनामा आयोजित रिमिक्स धमाका भोलि ३१ जनवरीमा क्वालालाम्पुर, १ फेब्रुवरीमा जोहोरबारु र २ फेब्रुवरीमा मुहारमा हुन गईरहेको छ ।

     

    rimix-1 rimix

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु