• रुपेशको ‘परिनाम’

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    Rupeshकाठमाडौं । विगत दश वर्ष देखि गायन क्षेत्रमा सक्रिय रुपेस डँगोल (लाजु)ले एकल स्वरमा ‘परिनाम’ लिएर दर्शक÷स्रोतामाझ आएका छन् । उनले यस एल्बममा पाँचबटा गीतहरु समावेस गरेका छन् । एल्बममा रहेका दुई बटा गीतको संगीत र शब्द न्हुच्छे महर्जनको रहेको छ भने एउटा गीतमा कृष्णभक्त महर्जनको रहेको छ । रुपेस आफैँले दुईबटा गीतमा शब्द र संगीत दिएका छन् ।
    युथ क्रिएशनले बजारमा ल्याएको ‘परिनाम’मा रोमान्टिक, सेन्मिेनटल र पपमा आधारित गीतहरु समावेश गरेका छन् रुपेशले । ‘परिनाम’मा उनले एउटा नेवारी गीत पनि समावेश गरेका छन् । एल्बममा रहेको गीत वितेका दिनको म्युजिक भिडियो पनि रहेको छ । आफूले दश वर्षको लामो संघर्ष पछि ‘परिनाम’लाई बजारमा ल्याएको र यसमा भएका गीतले स्रोतका मन छुन सकेकोमा आफुलाई यसैक्षेत्रमा अझ थप केही गरौ भन्ने उत्साह जागेको रुपेस बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु