• रुवि जोशीप्रति सांगीतिक संघको श्रद्धान्जली

    म्यूजिक खबर
    प्रकाशित: २२ मंसिर २०७३, बुधबार

    मङ्सिर २२, काठमाडौं । अमर स्रष्टा गायक रुवि जोशीको १३ औं दिनको पुण्यतिथीका अवसरमा नेपाल सांगीतिक संघले श्रद्धान्जली सभाको आयोजना गरेको छ । बुधबार विहान संघले आफ्नै सभाहलमा कार्यक्रमको आयोजना गरी गायक जोशीप्रति श्रद्धान्जली अर्पण गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार रविन शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्देशक समाजमा निवर्तमान अध्यक्ष दिनेश डिसी, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

    rubi-joshi-2

    स्रष्टा कलाकारको बाक्लो उपस्थितिकाबीच भएको श्रद्धान्जली सभामा संघका सल्लाहकार रविन शर्माले गायक जोशीको सांगीतिक पक्षका बारेमा बोलेका थिए । संघका पूर्व अध्यक्ष समेत रहेका गायक जोशीको सांगीतिक जीवनका विविध पाटाहरुलाई केलाउँदै शर्माले भने– जोशी नभएको भए एउटा गायनको यात्रा नै हुँदैनथ्यो ।

    rabin-sharma
    त्यस्तै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले आफूले भौतिक रुपमा भेट गर्न नपाए पनि उहाँको सिर्जनाले नजिक बनाएको बताए । कार्यक्रमका सभापति एवं संघका अध्यक्ष मिलन मोक्तानले रुवि जोशीसँगको पारिवारिक सम्बन्ध र उहाँसँगको सहयर्काका बारेमा स्पष्ट पार्दै संघको निम्ति उहाँको योगदान अतुलनीय रहेको बताए । कार्यक्रम संघका महासचिव सन्तोष श्रेष्ठले संचालन गरेका थिए ।

    rubi-joshi-1

    सोही कार्यक्रममा दुवै मृगौला फेल भएर उपचारार्थ रहेका पशुपति म्यूजिकका संचालक शिव पौडेलको उपचारका लागि दश हजार रुपैयाँ हस्तान्तर गरिएको थियो । संघका तर्फबाट अध्यक्ष मोक्तानले संगीत उद्योग संघका सदस्य उमेश गुरुङको हातमा १० हजार रुपैयाँ हस्तान्तर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु