• रोयल्टीमा षड्यन्त्र भएको छ : अधिकारी

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७१, शनिबार

    काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टीमा षड्यन्त्र भएको बताएका छन् । राजधानीमा भएको देवल भण्डारीको स्वर्णीम सपना एल्बमको विमोचन कार्यक्रममा बोल्दै अधिकारीले वर्षौंसम्म स्रष्टाको सिर्जनाको दुरुपयोग गरेर बसेका भूतहरुले आतंक मच्चाइरहेकोले स्रष्टाको बौद्धिक सम्पत्तिमाथि षड्यन्त्र भएको खुलासा गरेका हुन् ।
    वर्षौंसम्म डाउनलोड गरेर स्रष्टाको सम्पत्तिमाथि रजाईं गरेकाहरुसँग बल्लतल्ल रोयल्टी वापतको रकम ल्याउन सफल भए पनि अहिलेसम्म कुन सिर्जना कति डाउनलोड भयो भनेर भन्न नसकिएकै कारण रोयल्टी कसलाई कति दिने भन्ने समस्या आइपरेको अधिकारीले बताए । नेपाल टेलिकमबाट बल्लतल्ल उठाउन सफल भएको ३० लाख रोयल्टी कति डाउनलोड भएको हो भन्ने सम्बन्धित निकायबाट डाटा दिन नसकेपछि कसलाई कति दिने वा नदिने भन्ने प्रश्नमा फ्रिज हुन पुगेको हो तर यसलाई स्रष्टाहरुले नबुझेर नचाहिँदो हल्ला गरेकोले आफू दुःखी बनेको अधिकारीले बताए । तर सम्बन्धित निकायले डाटा नदिएपछि यो मिलेमतोमा षड्यन्त्रपूर्वक ठगी गरिएको रहेछ भन्ने पुष्टि हुन थालेको अधिकारीले बताए ।
    कार्यक्रममा बोल्दै अधिकारीले अब सरकारी टावरहरुमाथि हमला गर्न थालेपछि रोयल्टी त्यहीबाट उठ्न सुरु गर्ने बताउँदै सरकारले पनि स्रष्टामाथि कुनै चासो नदिएको आरोप लगाए । गीतसंगीत क्षेत्रमा एकलौटी गर्न खोज्ने केही शोषकहरुको दबाबमा टेलिकमका कर्मचारीको पनि मिलेमतो भएको कारण हामीले डाटा पाउन नसकेको हो, अधिकारीले बताए । अब स्रष्टाहरुले छिट्टै रोयल्टी पाउने वातावरण बन्दै गरेको बताउँदै अध्यक्ष अधिकारीले बौद्धिक सम्पत्तिमाथि धावा बोल्नेहरुको दिन सकिएको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु