• रोशन गुरुङले ल्याए ‘यो आँखामा….’

    म्यूजिक खबर
    प्रकाशित: २५ फाल्गुन २०७४, शुक्रबार

    २५ फागुन, काठमाडौं । चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    पोखराका गायक रोशन गुरुङको स्वमा रेकर्ड भएको ‘यो आँखाको….’ शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो । गीतका शब्दहरु शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन् । साहास शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

     

    निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् । निशान घिमिरेद्वारा सम्पादन गरिएको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका हुन् । दर्शन रानाभाटले निर्माण संयोजन गरेको भिडियोमा साजन कोइरालाले ड्रोन सञ्चालन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु