• लक्ष्मीदासको म फेरी आएँ

    म्यूजिक खबर
    प्रकाशित: २८ मंसिर २०७२, सोमबार

    गीतकार लक्ष्मीदास मुस्कानको म फेरि आएँ सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा ललितपुरको पुरानो बस्ती लुभुमा गीतकार लक्ष्मीदासकै निवासमा वरिष्ठ गीतकार यादव खरेलद्वारा गीतिसंग्रह ‘म फेरी आएँ’ सार्वजनिक गरिएको हो ।
    गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणी दाहालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्कृतिविद् रामबहादुर श्रेष्ठ, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघ नेपालका उपाध्यक्ष विपिन किरण, महासचिव शुभ मुकारुङ, समीक्षक प्रकाश लुइँटेलले कृतिमाथि समीक्षा गर्दै मुस्कानका सिर्जना उत्कृष्ट रहेको चर्चा गरेका थिए ।

    yadav kharel
    लक्ष्मीदास मुस्कानका हिम शिखरमा ज्वालामुखी कवितासंग्रह र एकलासमा नामक एल्बम प्रकाशित भइसकेका छन् । उनी गीतकारका अलावा संगीतकार, गायक हुन् भने हस्तसिद्ध चित्रकार पनि हुन् । उनीद्वारा पेन्टिङ गरिएका चित्रहरुको एकल प्रदर्शनीसमेत भइसकेको छ ।

    laxmidas yogendramani dahal

    म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु