• ‘लभ यु बाबा’ मङ्सिर २६ मा

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७१, मंगलवार

    काठमाण्डौ , ८ बर्षिय बालक सौगात मल्लको निर्देशन रहेको ‘लभ यु बाबा’ मङ्सिर २६ बाट प्रदर्शनमा आउने भएको छ । गत आइतवार फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको बारेमा जानकारी गराएको हो । कार्यक्रममा उपस्थितलाई फष्ट लुक , टिजर र २ गीत देखाइएको थियो जसलाई रुचाइएको थियो ।

    आमा नभएको छोरीलाई उसको बाबाले आमाको अभाव हुन् नदिन गरिएको संघर्षलाई फिल्मी शैलीमा पर्दामा देखाइन लागिएको यस फिल्मले छायांकनबाटै चर्चा हासिल गरिरहेको छ । सम्झना पोखरेलको प्रस्तुति रहेको यस फिल्मलाई ८ बर्षिय सौगातले के निर्देशन गर्ला र भन्नेहरु आज उनका प्रसंसक बनेका छन् । रिदम अफ सोलको ब्यानरमा निर्मित यस फिल्ममा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ भने अनु शाह र सुव्रत आचार्य पनि विशेष भूमिका देखिने छन् ।

    फिल्ममा गजित बिष्टको कथा, गम्भिर बिष्टको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्टको नृत्य, पि्रतम पाण्डेको सम्पादन, दिव्यराज सुवेदीको छायांकन छ । अहिले सौगात विश्वकै कान्छा निर्देशक भएको भन्दै निर्माण टिम उनको नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाउन कदम अगाडि बढाई रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु