• लिटिल मिस एण्ड मास्टर नेपाल–२०१७ हुँदै

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७३, मंगलवार

    काठमाडौं । एएनपी मिडिया हाउसले राजधानीमा लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७ आयोजना गर्ने भएको छ। हाउसका प्रवन्ध निर्देशक लब बहादर कार्कीका अनुसार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७ आयोजना गर्न लागिएको हो।

    कार्यक्रमले विद्यालयस्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै यसपालिको अन्तिम परीक्षापछिको बिदा तथा नयाँ शैक्षिक सत्र शुरु अघिको समयको सदुपयोग हुने विश्वास उनले व्यक्त गरेका छन्। शम्भु प्रसाद रेग्मीको संयोजन तथा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम संचालनमा हुने प्रतियोगिता आगामी बैशाख १४ गते बिहिबारका दिन जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगिता काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी गराएका छन्।

    little miss & master
    प्रतियोगिताको अन्तिम स्पर्धाका लागि राजधानीका विभिन्न स्कुलमा अध्ययनरत जोश्ना आचार्य, सरायु साउद, रक्षा गजुरेल, नित्या लम्साल, रजना अधिकारी, लुईस महर्जन, सुहना श्रेष्ठ, जेनिशा डंगोल, जीस्ना ज्ञामी मगर, सैमा मल्ल, गृष्मा नेपाल, अंकिता थापा, दिया श्रेष्ठ, सीम्रीका श्रेष्ठ, जिया पौडल, आर्जु खरेल, सुप्रिया पराजुली, अर्कषण श्रेष्ठ, राजन तामाङ्ग, सचिन राई, बिवेक गजुरेल, निक्सन बखती, राजु लामा, दिक्षित थापा मगर, समृद्धि तिमल्सीना, स्नेहा मानन्धर, सुशिला राना मगर, मुना श्रेष्ठ, स्मृती कार्की, अञ्जना लामा, श्रृती बस्नेत, पुष्पा गुरुङ्ग, सुजिता कार्की, सम्पदा गौतम, वर्षा थापा मगर, सबिना तामाङ्ग, अनुषा डुंगेल, सलोनी अधिकारी, मीस्टी तामाङ्ग, सुदिक्षा अधिकारी, शिवम् तामाङ्ग, विजय तामाङ्ग, आभाष पुन मगर र सरगम थापा मगर गरी कुल ४५ जना बालबालिका सहभागी हुनेछन्।

    अन्तिम स्पर्धामा जानुअघि सहभागी बालबालिकालाई सम्बन्धित विधाको विज्ञहरुद्धारा व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङ्गको ज्ञानलगायतमा विषयमा तालिम र ज्ञान प्रदान गरिनेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु