• लोकदोहोरीको क्षेत्रमा ‘नेपाल लोक आइडल’

    म्यूजिक खबर
    प्रकाशित: २५ बैशाख २०७५, मंगलवार

    २५ बैशाख, काठमाडौं । मुलुकमा पछिल्लो समय विभिन्न रियालिटी शोहरु हुने गरेका छन् । केही रियालिटी शो ले पहिलो सेसनमै थकाइ मारे भने केहीले एकदुई संस्करण लिएर आए । यसरी आउने जाने क्रममा ब्राइटर तिम्रो गीत मेरो सुर, खोजी प्रतिभाको, नेपाल आइडल, नेपाली तारा, सिगिंङ कम्पिटिशन, द भ्वाइस, लोक कलाकार लगायत दर्जनौं रियालिटी शोहरु छन् । तीमध्ये केहीले थकाइ मारे भने केहीले निरन्तरता दिएका पनि छन् । त्यसरी आउने क्रममा नेपाल आइडलले एक संस्करण गरेपछि थकाइ मारेको भए पनि पछि एपी वान टीभीले नेपाल आइडलकै लोगोलाई नयाँ र फरक तरिकाले प्रस्तुत गराएर पुरानो नेपाल आइडलको लोगोलाई नामेट गराएको अवस्था पनि छ ।


    यसैक्रममा ‘नेपाल लोक आइडल’ पनि थपिएको छ । स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल–२०७५’ गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रममा सार्थक डिजिटल म्युजिक प्रालिले गर्न लागेको हो । आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका संयोजक जीवन पन्तले जनाए ।

    यस आइडलका बिजेता अर्थात प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ ।
    लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०÷१० जनालाई छनोट गरिनेछ । त्यस्तै, पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालिम गराइने जनाइएको छ ।
    आइडलले जन्माएका प्रतिभाले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने आयोजकको विश्वास छ ।
    लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु