• लोकदोहोरीमा कसले मार्ला बाजी

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०७०, सोमबार

    काठमाडौं, १० चैत । धेरै वर्ष खुला रुपमा आयोजना गरिएको पश्चिम नेपाल खुला लोक दोहोरी गीत प्रतियोगिता अहिले सेमीफाइनलमा पुगेको छ । गत चैत ५ गतेबाट बसपार्कमा सुरु भएको यस प्रतियोगितालाई पश्चिम नेपाल दोहोरी साँझले आयोजना गरेको हो । लोकदोहोरीका कलाकारहरुलाई खुला प्रतिस्पर्धाका  माध्यमले क्रियाशील गराउने उद्देश्यले दोहोरी प्रतियोगिताको आयोजना गरेको संयोजक रमेश बाबु थापाले बताए ।
    प्रतियोगतामा न्यू दोभान दोहोरी साँझ ठमेल, गोर्खा मनकामना दोहोरी साँझ, तिर्सना दोहोरी साँझ, पश्चिम नेपाल दोहोरी साँझ लगायत ८ वटा दोहोरी साँझहरुको समूह सहभागी रहेको छ । यस कार्यक्रममा गायक कृष्ण गुरुङ, बद्री पराजुली, गणेश गुरुङ, शब्द संकलक रमेश बिजी, काजीबाबु अर्याल रहेका छन् । भोली ११ गते फाइनल हुने यस प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार पुरस्कार प्रदान गरिने संयोजक रमेश बाबु थापाले बताए । प्रतियोगितामा चर्चित कलाकारहरुको पनि प्रस्तुति रहँदै आएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु