• लोकप्रिय संगीतकार एवं कुशल गायक सन्तोष श्रेष्ठको ‘एकल गायन’ सम्पन्न !

    म्यूजिक खबर
    प्रकाशित: २५ फाल्गुन २०७४, शुक्रबार

    २५ फागुन, काठमाडौं । नेपाली सुगम सङ्गीतको क्षेत्रमा पछिल्लो पुस्तामा सशक्त सङ्गीतकारको नाम हो सन्तोष श्रेष्ठ । उनले सङ्गीत गरेका धेरै गीतहरु युवा पुस्ताले मन पराएका छन् । गीतहरुमा जति राम्रा धुन भर्दछन् उति नै कर्णप्रिय स्वरका धनी हुन् श्रेष्ठ । उनै लोकप्रिय संगीतकार एवं कुशल गायक सन्तोष श्रेष्ठको एकल गायन कार्यक्रम सम्पन्न भएको छ ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो । श्रेष्ठले आफ्नो गायनको क्रममा राष्ट्रिय भाव, आधुनिक, गजल र लोकगीत प्रस्तुत गरेका थिए ।

    आफ्नो एकल सङ्गीतमा रहेका गीतहरूको गायनका क्रममा राष्ट्रकवि माधव घिमिरेको पश्चिम रुन्छ महाकाली ‘कालीप्रसाद रिजालको सुन हे सुन ‘ दिनेश अधिकारीको पूर्व जागौँ पश्चिम जागौँ ‘ रमेश क्षितिजको परेलीको बर्षातले ‘ बटुवा हो मान्छे भन्नु ‘ दामु मर्सिफुलको आउँछु भनी निष्ठुरीले ‘ सरोज के.सी.को तिम्रो दिलमा चोट लाग्दा ‘ प्रकाश के.सी.को तिमीले भुल्न सकेपनि ‘ बोलेपछि माया बढ्छ ‘ प्रबल विष्टको कति खुशी हुन्थेँ होला ‘ लोकराज अधिकारीको तिमीले पराई ठानेपछि ‘ शशि शर्मा मजगैँयाको तिम्रै यादमा भित्र भित्रै ‘ डी.आर.को झनझन मुटु ‘ अर्जुनमिलनको जाउँत माया उँदै सलल ‘ लगायत दर्जन भन्दा बढी गीतहरू प्रस्तुत गरेका थिए ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले सन्तोष श्रेष्ठको व्यक्ति परिचय गराउनु भएको थियोे भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियोे ।

    पछिल्लो समयमा चर्चित संगीतकारको सूचिमा देखिएका सन्तोष श्रेष्ठले केहि वर्ष अघि सुगम संगीतको क्षेत्रमा नौलो आयाम ल्याइदिएका थिए । तिम्ले पराई ठानेपछि गीत संगीतकार श्रेष्ठको जीवनमा कोसेढुंगा सावित भएर देखा प¥यो । जुन गीतबाट पुनः एकचोटी सुगम संगीतको क्षेत्रलाई उथलपुथल बनाइदियो भन्दा फरक पर्दैन । उनको उक्त गीतबाट सुरु भएको सुगसंगीतको लहर अहिलेसम्म जारी छ । लोकदोहोरी माहौललाई उछिन्दै अघि बढेको सुगम संगीतको बाढी अहिले प्राय सबै लोकगीतका स्रष्टाहरुको पनि क्षेत्र बनिरहेको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु