• वरिष्ठ संगीतकार सिंहलाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७०, बुधबार

    काठमाडौं, १२ चैत । वरिष्ठ संगीतकार राजु सिंह एवम् कल्याण सिंहलाई मातृशोक परेको छ । सिंहकी ममतामयी आमाको उपचारका क्रममा चैत १० गते दिउँसो निधन हुन पुगेको थियो । सिंहको आमाको उपचारका क्रममा हस्पिटलमा राखिएको अवस्थामा नै निधन भएको हो । स्व.सिंहको अन्त्येष्टि पछि पशुपति आर्यघाटमा संगीतकार सिंहका दाजुभाइ १३ दिने धार्मिक संस्कारका लागि बसेका छन् ।  संगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका संगीतकार राजु सिंह र कल्याण सिंहलाई पर्न गएको शोकप्रति म्यूजिकखबर डटकम हार्दिक समवेदना प्रकट गर्दै सिंहकी ममतामयी आमाको मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु