• वलीको तिज यूरोपमा

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७२, बिहीबार

    काठमाडौं । नेपालमा सायद तीजको दिन चलेका महिला गायिका भेट्न मुस्किल हुनेछ । सबै चर्चित कलाकारहरु विदेशिने पक्का भइसकेको छ । कतिपय त दिदेशिसकेको जानकारी पनि आएको छ । विदेशमा आफ्नो प्रस्तुति बढि रुचाइने र दाम पनि सन्तुष्ट हुने गरि आएपछि को पो पछि हट्ला र ? विदेशमा तीज मनाउने गायिकाको सूचिमा अर्की लोकप्रिय चर्चित गायिका कोमल ओली पनि परेकीछिन् । उसो त अरु गायिकाको पंक्तिमा अलि पाको उमेर भएकी ओलीको क्रेज देश विदेशमा कहिल्यै घटेको देखिंदैन । सँधै बढ्दो डिमाण्डकी गायिका ओलीले यो वर्षको तीजमा डेनमार्कमा रहेका चेलीबेटीहरुलाई नचाउने भएकी छन् ।

    komal-oli-1_thumb
    एन आर एन डेनमार्क र क्रिएटिभ नेपलीज वुमन डेनमार्कको संयुक्त आयोजनामा डेनमार्कमा तीज विषेस कार्यक्रमको आयोजना हुँदै छ र सोहि कार्यक्रममा गायिका ओली आउन लागेकी हुन् । डेनमार्कमा रहेका नेपाली चेलीहरुलाई दहर खुवाउने कार्यक्रम पनि रहेको सो कार्यक्रममा ओलीसंगै डेनमार्कमा रहेका चेलीहरु पनि नाच्ने छन् । यहि सेप्टेम्बर ६ आइतबारको दिन कोपनहेगन नजिकै रहेको भेनलुसको हलमा सो कार्यक्रम गरिने एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बताए । सबै नेपाली दिदि बहिनिहरुलाई सो कार्यक्रममा निम्तो गरिएको पनि उनले बताए ।
    क्रिएटिभ नेपलीज वुमन डेनमार्ककी अध्यक्ष अन्जु पराजुलीले बताए अनुसार विगतका वर्षहरुमा जस्तै यो वर्षको तीजमा पनि एन आर एन संग मिलेर कार्यक्रम गर्न लागिएकोले कार्यक्रम पूर्ण सफल हुने र दिदि बहिनिहरुले तीजको दहर संगै नाचगान गरी रमाइलो गर्ने छन् । संयुक्त कार्यक्रम भए पनि भर्खरै निर्वाचित नयाँ एन आर एनको समितिको पहिलो कार्यक्रम हुने भएकोले यसलाई महत्वका साथ् हेरिएको छ । कार्यक्रम निम्न मिति र स्थानमा हुने जानकारी आयोजकहरुले दिएका छन् । ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु