• विरही एकल साँझ सम्पन्न । आमा गाउँदा रोए अतिथि

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७०, शुक्रबार

    काठमाडौं, ३० फागुन । नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाएका बिरही कार्कीले एकल साँझ सम्पन्न गरेका छन् । उत्पीडित एवम् पिछडिएको बर्गका रुपमा चिनिँदै आएको चेपाङ समुदायको सहयोगार्थ गत बिहिबार राजधानीको प्रज्ञा भवनमा उनले ‘बिरही कार्की एकल साँझ’ गरेका हुन् ।
    उनले लोकप्रिय गीत ‘आमा तिमीले लगाएको चुरा फुट्दा खेरी’ बोलको गीतबाट एकल साँझमा गायनको प्रारम्भ गरेका थिए । बिरहीले आमाप्रति समर्पित यो बिरहको गीत गाउँदा दर्शकदीर्घा भाबुक बनेको थियो । यही गीतको म्युजिक भिडियोमा अभिनय गरेकी शुभद्रा अधिकारीलाई स्टेजमा बोलाएर आमा भन्दै उनका खुट्टा छोएपछि शुभद्राले मन थाम्न सकिनन् । गीतबाटै भावुक बनेका दर्शकहरुका परेली भिजेका थिए ।
    उनले ‘सुनखानीमा सुन’, ‘मायालु हजार’, ‘शंका नमान’, ‘भन्देउ के हो माया ?’ आफैं बाटो, डाँडै शिरिषलगायत आफ्ना १० लोकप्रिय गीत प्रस्तुत गरेका थिए । उनलाई चर्चित मोडल तथा नृत्यनिर्देशक निर्देशक शंकर बिसि, मोडल पार्वती राई, नारायण ढकाल लगायतका कलाकारले आफ्नो प्रस्तुतीमार्फत साथ दिएका थिए । सो एकल साँझमा गायनमा मुना थापा मगर र जुना श्रीषले सघाएका थिए ।
    विरही कार्कीले परोपकारी भावना सहित आयोजना गरेको यो एकल साँझलाई ठुलो सहयोग गरेका भारतमा बसोबास गर्दै आएका एवं अल इन्डिया फेडरेशन अफ भोलुन्टरी अर्गानाइजेशनका राष्ट्रिय महासचिव, बीबीआर एल कन्स्ट्रक्सनका अध्यक्ष एवं समाजसेवी विष्णुप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा भारतमा नै समाजसेवामा समपिर्त एसपी मेमोरियल शिक्षा निकेतनकी अध्यक्ष लक्ष्मी बराल, प्रवास नेपाली जनकल्याण समितिका अध्यक्ष राम डाँगी, वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल,  नवराज लम्साल, एकनारायण भण्डारी, देवेन गिरी, वरिष्ठ संगीतकार बुलु मुकारुङ, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, हेमन्त शर्मा, गायिका वीमा कुमारी दूरा, शर्मिला गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा लोक गायक पशुपति शर्मा, कुलेन्द्र विक, राजन ठकुरी, राजन भुजेल, संगीतकार सन्तोष श्रेष्ठ, दीपक शर्मा, श्रीकृष्ण बममल्ल, रमेश खड्का, गायक कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो भने गीतसंगीतमा समर्पित रहेका संगीतप्रेमीहरुको उपस्थितिले प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय खचाखच थियो । बरालद्वय आबद्ध रहेको संस्था एसपी मेमोरियल शिक्षा निकेतन, बीबीआरएल कन्सट्रक्सन, अल इन्डिया फेडरेशनले मुख्य प्रायोजन गरेको ‘विरही कार्की एकल साँझ’लाई एसियन खबर डटकमका तर्फबाट झरनाकुमार थापाले सहप्रायोजन गरेका थिए । एकल साँझमा झलक संगीतम्को संयोजनमा १७ जनाको बाद्यबादन समूहले कार्कीलाई गायनमा साथ दिएका थिए । सुनखानी म्युजिकको आयोजनामा सम्पन्न एकल साँझलाई शुभकामना मिडिया एण्ड सोलुसनले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने एनटिभि प्लस र अरनिको टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रमलाई गायिका एवं संचारकर्मी कोमल वली र पत्रकार सुमन बैरागीले संचालन गरेका थिए । कार्यक्रममा एकल साँझलाई सहयोग पु¥याउने सहयोगी हातहरुलाई ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

     

    SAM_0138

     

    SAM_0136

     

    birahi11

     

    birahi2

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु