• विवाहको सिजनमा पञ्चेवाजा गीत ‘जन्ती आछौ विरामी भएर’

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०७४, आईतवार

    माघ ७, विराटनगर । नेपाली लोकदोहोरी क्षेत्रमा पनि धेरै पञ्चेवाजाका गीतहरु सार्वजनिक भइरहेका छन् । गायक रोशन गैरे र गायिका श्रृजना हुमागाईले विवाहको लगन शुरु भए सँगै जन्ती आछौ विरामी भएर बोलको गीत सार्वजनिक गरेका छन् ।

    रोशन गैरेको उत्कृष्ट शव्द सिर्जनामा नयाँ गीत “जन्ती आछौ विरामी भएर ”भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा जन्ती जाँदा माया प्रेममा परेका जोडिको यथार्थ भावहरुलाई गीतमा समेटिएको छ ।

    राधिका म्युजिक प्रालीको प्रस्तुतिमा रोशन गेैरे को सवोकृष्ट संगित संयोजन तथा सम्पादनमा भिडियो सार्वजनिक भएको छ । राधिका म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

    गीतले माया प्रेम सहित प्रेमका भावहरुलाई रोचक तरिकाले ब्यक्त गरिएको छ । सागर गौतमले गितको भिडियोलाई छायाँकन गरेका छन । “जन्ती आछौ विरामी भएर ”को भिडियोमा करिश्मा ढकाल र रोशन गैरेको अभिनय रहेको छ ।
    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु