• विश्वका कान्छा निर्देशक सौगातको ‘हैरान’ छायांकनमा

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७३, शुक्रबार

    saugat-hairan-copy

    विश्वका कान्छा निर्देशक सौगात बिष्टको एक्शन कट रहने फिल्म ‘हैरान’को छायांकन शुरु भएको छ । केहि महिना पहिले राजधानीमा कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको फिल्म लामो समयपछि छायांकन शुरु भएको हो ।

    फिल्म निर्माण घोषणामा अभिनेत्रीमा ’नाई नभन्नु ल ४’ डेब्यू गर्ल आँचल शर्मा लिड अभिनेत्रीमा रहने भनिएता पनि मुहर्तमा भने उनलाई आरोही शर्माले रिप्लेस गरेकी छिन् । कास्टिङ डाईरेक्टर शान्तिप्रियले आँचलको समय नमिलेका कारण आरोहीलाई डेब्यू दिन लागेको बताए ।

    आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानीको कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निर्माण टिमले बताएको छ । ’हैरान’मा आरोहिसँगै गजित बिष्ट,निश्मा घिमिरे,सत्य राज आचार्य,सलोन बस्नेत, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहने छ ।

    फिल्मलाई डान्स फेभर र एम.के. फिल्मस् प्रालीको ब्यानरमा मुक्ति गुरुङ,मोहन कृष्ण श्रेष्ठ र डा.वाई.एल.लामाले निर्माण गर्न लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु