• विश्व बौद्धिक दिवस मनाइँदै । एकजुट हुँदै स्रष्टाहरु (फोटो फिचरसहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ बैशाख २०७१, शनिबार

    सुमन बैरागी

    काठमाडौं, १३ बैशाख । विश्व बौद्धिक सम्पत्ति दिवस आज नेपालमा पनि मनाइँदैछ । अप्रिल २६ लाई सम्पूर्ण स्रष्टा र सर्जकहरुले एकजुट भएर आफ्नो हक अधिकारका लागि मनाउन गरिएको छ । नेपालमा दोस्रोपटक आयोजना गरिएको यस विश्व बौद्धिक सम्पत्ति दिवस आज स्रष्टाहरु एकठाउँमा भेला भएर मनाएका छन् । भृकुटीमण्डपबाट ¥याली सुरु भएर स्रष्टाहरु विश्व बौद्धिक सम्पत्ति दिवसलाई खुलामञ्चमा भव्य सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै गरेका छन् । सूचना तथा संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विश्व बौद्धिक सम्पत्ति दिवसलाई मनाइँदै गरेको हो ।
    संगीत क्षेत्रमा पाइरेसी भयो, रोयल्टी पाइएन, प्रतिलिपी अधिकार हनन् भयो भनेर स्रष्टाहरु कुर्लिरहे पनि एकजुट भएर यस क्षेत्रमा क्रियाशील भएका संस्थाहरु कहिल्यै अधिकारका लागि एकठाउँमा भेला नभएपनि बौद्धिक सम्पत्ति दिवसमा भने एकजुट भएका छन् । यस दिवसलाई भव्य रुपमा सफल पार्नका लागि संगीत क्षेत्रमा क्रियाशील भएका संस्थाहरु संगीत रोयल्टी संकलन समाज नेपाल, गीतकार संघ नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाली संगीत निर्देशक संघ, नेपाल संगीत उद्योग संघ, राष्ट्रिय संगीतकर्मी संघ एकै ठाउँमा भेला भएका छन् । यस दिवसका बारेमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु के भन्छन् त ?

    world intellectual property day
    सुरेश अधिकारी, अध्यक्ष – संगीत रोयल्टी संकल समाज
    विश्व बौद्धिक सम्पत्ति दिवस संसारभर रहेका स्रष्टा र सर्जकहरुको हक अधिकार स्थापित गर्ने एउटा दिवसका रुपमा मैले लिएको छु । यस दिवसले सम्पूर्ण स्रष्टाहरुको अधिकारलाई सम्पन्न पार्न कानुनी रुपमा अझ मजुबत बनाउँदै लैजाने विश्वास लिएको छु । गत वर्षबाट सुरु भएको यो दिवसले यस वर्ष आइपुग्दा अझ सशक्त रुपमा अगाडि बढिरहेको छ । सम्पूर्ण स्रष्टाहरु एक ठाउँमा भएर आफ्नो हक अधिकारलाई स्थापित गर्न पाउँदा यो एकदमै खुशीको क्षणका रुपमा मैले लिएको छु, सम्पूर्ण स्रष्टाहरुमा विश्व बौद्धिक सम्पत्ति दिवसको शुभकामना ।

    दुर्गा रायमाझी, निवर्तमान अध्यक्ष– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
    गत वर्षबाट सुरु भएको बौद्धिक सम्पत्ति दिवसले सबैलाई खुशी दिलाएको छ । यस दिवसको अर्थ भनेको आफ्नो सिर्जनाको अधिकार स्थापित गर्नु हो । गत साल कसले यसको जिम्मेवारी लिने भन्दाभन्दै पनि बौद्धिक सम्पत्ति दिवस मनाइएको थियो, जुन संसारभरको तुलनामा नेपालको नमूनायोग्य पनि बनेको थियो । त्यो निरन्तरतालाई यस वर्ष पनि सम्पूर्ण कलाकार एकजुट भएर अगाडि बढ्दा पक्कै पनि अब स्रष्टाहरु आफ्नो अधिकारका लागि एकैठाउँमा भेला हुन थालेका छन् भन्ने सन्देश यस दिवसले दिएको छ । यस अवसरमा सम्पूर्ण स्रष्टा एवं सर्जकहरुलाई शुभकामना दिन चाहन्छु ।

    योगेन्द्रमणि दाहाल, अध्यक्ष– गीतकार संघ नेपाल
    यो खुशीको क्षण हो । हामी सबै स्रष्टाहरु अब बौद्धिक सम्पत्तिका लागि लड्न तयार भएका छौं अर्थात् आफ्नो हक अधिकारका बारेमा सजग बनेका छौं भन्ने सन्देश दिएको छ । यो दिवसको सार्थकता भनेको सिर्जनामा लागेका स्रष्टाहरुको अधिकार स्थापित गर्नु नै हो । यस दिवसले एकातिर गीतसंगीत, कला, साहित्य सबै क्षेत्रमा लागेका स्रष्टाहरुलाई एकजुट हुनुपर्छ भन्ने सन्देश दिएको छ । हामी एकजुट भएनौं भने हाम्रो अधिकार अरुले स्थापित गरिदिँदैन भन्ने कुरा हामीले बुझ्नु पर्छ । पाइरेसी भयो, प्रतिलिपी अधिकार हनन् भयो भनेर भन्नु भन्दा पनि एकजुट भएर प्रविधिको विकाससँगै हामीहरुले पनि सिर्जनाको विस्तार गर्न सक्नुपर्छ । गत वर्षबाट सुरु गरिएको यो दिवसले यो वर्ष आइपुग्दा धेरै नै विकासको गतिमा पुगेको अनुभव गरेको छु । बौद्धिक सम्पत्ति दिवसको सबैमा शुभकामना ।

    रामकृष्ण ढकाल, अध्यक्ष–प्रस्तोता समाज नेपाल
    बौद्धिक सम्पत्ति दिवस मनाइरहँदा मलाई धेरै खुशी लागेको छ । यो दिवसले हाम्रो सिर्जनामाथि आँखा लगाउनेहरुविरुद्धको आवाज उठाइरहेको छ । यसले जनचेतना जगाउने काम गरिरहेको छ र सम्पूर्ण स्रष्टाहरुलाई एकजुट बनाइरहेको छ । विश्वमा प्रविधिको विकासले गर्दा गीतसंगीतमाथि हुने प्राविधिक विकृतिहरुविरुद्ध हामी एकजुट भएर लाग्नुपर्ने आजको आवश्यकता छ । धेरै चुनौतिहरुका बीचमा हाम्रो संगीत उद्योग गुज्रिरहेको अवस्थामा हामी यसरी एकजुट भएर जनचेतनामूलक कार्यक्रमहरु गरेर स्रष्टा र सिर्जनाको हक अधिकार स्थापित गर्न लागिरहेका छौं । यो खुशीको कुरा हो, आगामी दिनमा पनि हाम्रो यो निरन्तरता जारी रहनेछ । सम्पूर्ण स्रष्टा र सर्जकहरुमा विश्व बौद्धिक सम्पत्ति दिवसको शुभकामना ।

    पदम बुढा, अध्यक्ष– संगीत उत्पादक संघ नेपाल
    गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका सम्पूर्ण सर्जक र स्रष्टाहरु एकजुट हुने अवसर हो यो । यसले एक आपसमा भाइचाराको वातावरण सिर्जना गरेको छ । हामी कलाकार, व्यवसायी, सर्जकहरु एकजुट भएनौं भने हाम्रो सिर्जना पनि बचाउन सकिँदैन त्यसकारण आजको यो विश्व बौद्धिक सम्पत्ति दिवसले सबैलाई एक ठाउँमा भेला गराएर आफ्नो अधिकारको बारेमा बोल्नलाई प्रोत्साहन दिएको छ । यो कार्य निरन्तर रुपमा हुनु जरुरी छ, हामी सबै आज मात्र नभएर सधैं सँगै भन्ने नारासहित अघि बढ्यौ भने पक्कै पनि प्रतिलिपी अधिकार सुरक्षित हुनेछ, रोयल्टी, पाइरेसी जस्ता कुराहरुमो सचेत हुनेछौं भन्ने विश्वास लिएको छु । सम्पूर्ण कलाकार, सर्जकहरुमा विश्व बौद्धिक सम्पत्ति दिवसको शुभकामना ।
    world intellectual property day (51) world intellectual property day (50) world intellectual property day (49) world intellectual property day (48) world intellectual property day (47) world intellectual property day (46) world intellectual property day (45) world intellectual property day (44) world intellectual property day (43) world intellectual property day (42) world intellectual property day (40) world intellectual property day (41) world intellectual property day (39) world intellectual property day (38) world intellectual property day (37) world intellectual property day (36) world intellectual property day (35) world intellectual property day (34) world intellectual property day (33) world intellectual property day (32) world intellectual property day (31) world intellectual property day (30) world intellectual property day (29) world intellectual property day (28) world intellectual property day (27) world intellectual property day (26) world intellectual property day (25) world intellectual property day (24) world intellectual property day (23) world intellectual property day (22) world intellectual property day (21) world intellectual property day (20) world intellectual property day (19) world intellectual property day (18) world intellectual property day (17) world intellectual property day (16) world intellectual property day (15) world intellectual property day (14) world intellectual property day (13) world intellectual property day (12) world intellectual property day (11) world intellectual property day (10) world intellectual property day (9) world intellectual property day (8) world intellectual property day (7) world intellectual property day (6) world intellectual property day (5) world intellectual property day (4) world intellectual property day (3) world intellectual property day (2) world intellectual property day (1)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु