• विष्णु माझी र गोपाल खत्रीको सुमधुर आवाजमा ‘याद मात्र’ हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २६ चैत्र २०७४, सोमबार

     चैत्र २६, काठमाण्डौ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर आवाजमा सजिएको  ‘याद मात्र’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ ।

    नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ याद मात्रै’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको ‘ याद मात्र’ गीतका रचनाकार शुनिल केसीले बताए ।

    गीतमा गणेश अधिकारीको संगित रहेको उक्त गीतलाई विहीवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र सुनिल श्रेष्ठ लगायतले अभिनय गरेका छन् । ‘ याद मात्र’गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । 

    हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु