• विहे गर्दै रेजिना

    म्यूजिक खबर
    प्रकाशित: ७ फाल्गुन २०७०, बुधबार

    काठमाडौं । अभिनेत्री रेजिना उप्रेतीले विहे गर्ने भएकी छिन् । उप्रेतीले केही वर्षअघिदेखिको प्रेमसम्बन्धलाई फागुन १० गते बिबाहमा परिणत गर्न लागेकी हुन् । उनले लण्डन निवासी युवक सुरज पोखरेलसँग विवाह गर्न लागेको बताएकी छिन् । लण्डनस्थित एक ट्राभलमा कार्यरत रहेका सुरजसँग रेजिनाले विहे गर्न लागेकी हुन् । केही समयदेखि प्रेमी सुरजसँग लण्डनमै बसिरहेकी रेजिना विवाहको लगन जुराएर मात्रै नेपाल फर्किएकी थिइन् । उनले निकै नजिकका साथीभाई र आफन्तको उपस्थितिमा मन्दिरमा बिहे गरेर कलंकीस्थित मेघा ब्याङकेट, लामपाटीमा बिहे भोज दिने भएकी छिन् ।
    रेजिनाले बिहे भोजमा भने धेरै फिल्मकर्मीहरुलाई निम्त्याउने योजना अनुरुप कार्ड बाँडिरहेकी छिन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु