• शम्भुजित बास्कोटालाई दीर्घ सेवा, गिरीलाई पत्रकारिता र गौतमलाई लोकसञ्चारकर्मी सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २५ श्रावण २०७४, बुधबार

    साउन २६, काठमाडौं । सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । बास्कोटालाई गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत दीर्घ सेवा सम्मान प्रदान गर्न लागिएको हो ।
    त्यस्तै यो अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई पनि सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र रङ्ग पत्रकारिता सम्मान कुवेर गिरीलाई गरिने भएको हो । आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा पाँच उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनीहरुलाई सम्मानित गर्न लागिएको हो ।

    ‘नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश पत्रिका प्रकाशन गर्दै आएका छौ । मोफसलबाट शुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रिय स्तरको गर्न सफल भएका छौ,’ आयोजक समितिका अध्यक्ष किरण अधिकारीकाले भने ।

    आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा. लि. काठमाडौंले गर्ने भएको छ । कार्यक्रमको मुख्य सहयोगी संस्था धादिङ उद्योग वाणिज्य माहासघं रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु