• शिखर सन्तोषको संगीतमा भोजपुरी नयाँ गीत ‘हमनिके भागिया’ सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७६, सोमबार

    काठमाडौँ । भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गीत’हमनिके भागिया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन् ।

    उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया” को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारि र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । सुप्रशिद्द संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गीत तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् । भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु