• ‘शिवालय’मा ‘अल्लारे’ शिव

    म्यूजिक खबर
    प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार

    फागुन १०, काठमाडौं । चर्चित पाश्र्व तथा आधुनिक गायक शिव परियारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नो एल्बम ‘शिवालय’मा समावेश ‘अल्लारे’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन । राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत शिवकै छ । गीतमा अल्लारे माया प्रेमको बारेमा के के हुन्छ भन्ने भाव देखाइएको छ ।

    shiva pariyar

    विश पछिल्लो समयका लोकप्रिय गायक हुन । उनी विभिन्न महोत्सव तथा देशविदेशको बार्यक्रममा व्यस्त हुँदै आएका छन् । यस शिवको भिडियोमा मोडल ज्योत्सना योगी र रितेश गुरुङले अभिनय गरेका छन् । यस भिडियोलाई भिडियोलाई आस्था व्याण्डका गायक नरेन लिम्बुले निर्देशन गरेका हुन् । शिवका अधिकांश गीत चर्चित र लोकप्रिय छन् । यस गीत तथा भिडियोलाई पनि दर्शक तथा श्रोताले रुचाउँने उनको विश्वास छ । लोकप्रिय गायक शिवलाई म्यूजिकखबरको तर्फबाट जन्मदिनको शुभकामना छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु