• शिव परियारको स्वरमा ‘माया नेपाली’

    म्यूजिक खबर
    प्रकाशित: ३० चैत्र २०७३, बुधबार

    चैत ३०, काठमाण्डौ । नेपाली नयाँ वर्षको अवसरमा शिव परियारको स्वर रहेको ‘माया नेपाली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । टीएन रेग्मीको शब्द र प्रकाश नेपालीको संगीत रहेको उक्त गीत रेग्मीको ‘मर्यादा’ शीर्षकको गीतिसंग्रहमा समावेश छ ।

    Maya Nepali1
    निकेश खड्काले निर्देशन गरेको भिडियो अर्जुन तिवारीको छायाङ्कन तथा निशान घिमिरेको सम्पादनमा तयार भएको हो । देवेन्द्र नेवाको संगीत संयोजन रहेको गीतको कोरियोग्राफी राजीव समरले गरेका छन् ।


    ठेट नेपाली शब्द र प्रेमिल भावमा नेपालको विविधतालाई समेटिएको गीतको भिडियोमा बेनिशा हमाल र अमृत रिमालले अभिनय गरेका छन् । पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु