• श्रीमती छाडेर विदेश जानेलाई श्रीकृष्ण

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०७४, बुधबार

    २० मंसिर, काठमाडौं । श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेलले गीतमा हाँसो सँगै चेतना पनि मिसाउन माहिर लुईटेलको ‘सुनको सिक्रि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतले आफ्नो जीवनसाथीलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ ।

    वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य कस्दै चेतना जगाउने काम गरेको छ । सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को कथा वस्तुसँग गीतको सार धेरथोर मिलेको पाइन्छ ।

    श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै उनी आफु पनि देखिएका छन्

     

    ‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रियता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु