• श्रेष्ठको ‘बाङ्गिएका शब्दका आवाजहरु’सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७०, आईतवार

    साहित्यकार प्रदीपराज श्रेष्ठ ‘धमैशेखर’को कविता संग्रह ‘बाङ्गिएका शब्दका आवाजहरु’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि श्रेष्ठद्धारा रचित १७४ शिर्षकका कविताहरुको संग्रह ‘बाङ्गिएका शब्दका आवाजहरु’ सार्वजनिक गरिएको हो । रापति समाज काठमाण्डौको आयोजनामा नेपाली लेखक संघका अध्यक्ष विष्णु विभु घिमिरेले ‘बाङ्गिएका शब्दका आवाजहरु’ को विमोचन गर्नुभएको हो । ‘बाङ्गिएका शब्दका आवाजहरु’ भित्रका कविता माथि गीतकार तथा साहित्यकार भावेश भूमरिले टिप्पणी गर्नु भएको थियो । रापती समाज काठमाण्डौका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा भएको विमोचन समारोहमा डा भिमार्जुन आचार्य, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, त्रिचन्द्र कलेजका प्राध्यापक डा तेजबहादुर केसी, ‘बाङ्गिएका शब्दका आवाजहरु’ कविता संग्रहका प्रकाशक प्रतिमा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । ‘बाङ्गिएका शब्दका आवाजहरु’ सो विमोचन समारोहको अवसर पारेर रापती समाज काठमाण्डौले वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई सम्मान गरेको छ । उहाँलाई चलचित्र पत्रकार संघको अध्यक्षमा निर्वाचित हुनुभएले उहाँको सफल कार्यकालको शुभकामना सहित समाजले खादा ओढाएर सम्मान गरेको हो । नेपाल बार एसोसियसनको सभाहलमा सम्पन्न भएको उक्त विमोचन कार्यक्रम शशि शार्मा मजगैंयाँले सञ्चालन गर्नुभएको थियो ।

    SAM_0230

    SAM_0231

    SAM_0233

    SAM_0236

    SAM_0240

    SAM_0241

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु