• श्रोतालाई पवित्राको पिरती

    म्यूजिक खवर
    प्रकाशित: ९ माघ २०७०, बिहीबार

    काठमाडौं, १० माघ । गायिका पवित्रा गुरुङको पहिलो आधुनिक गीति एल्बम ‘पिरती’ श्रोतामा आएको छ । केही समयअघि नै सार्वजनिक गरिएको ‘पिरती’ का अधिकांश गीतमा पवित्राकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
    युमा आर्ट एण्ड कल्चरले श्रोतामाझ आएको एल्बम ‘पिरती’ मा जालीमाया, निष्ठुरी, सायद, कुकुकुकु, तिमीले, बदले छ, र मेरो मनजस्ता सात वटा गीत संगृहीत छन् ।
    एल्बमका दुईवटा गीतमा याम गुरुङ र खगेन्द्र याक्सोको संगीत छ । एल्बमका गीतहरु विभिन्न रेडियो तथा एफएमहरुमा प्रसारण भइरहेको गायिका तथा संगीतकार पवित्राले बताइन् । ‘पिरती’सँगै सांगीतिक क्षेत्रका फाइला राखेकी पवित्रा गायकबाटै करिअर बनाउने सोचमा छिन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु