• संगीतकर्मीलाई ‘नातिकाजी सम्मान’

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०७१, शुक्रबार

    काठमाडौं, २ जेठ । राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पु¥याउने १० जनालाई संगीतकर्मीलाई सम्मान प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित समारोहमा ‘नातिकाजी सम्मान प्रदान’ गरिएको हो ।
    कार्यक्रममा साहित्यकार श्यामदास वैष्णवलाई ‘नातिकाजी विशिष्ट स्रष्टा सम्मान,’ गीतकार राजेन्द्र थापा, गायक धु्रव केसी र संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई ‘नातिकाजी विशेष संगीत सम्मान’ प्रदान गरिएको छ । त्यस्तै, राष्ट्रपति डा. यादवले विश्व काव्ययात्रामार्फत नेपाली भाषा, साहित्य र कलाको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत प्रतिष्ठित उद्योगपति वसन्तकुमार चौधरीलाई अभिनन्दन गरेका छन् ।
    यस्तै, गीतकार कृष्णहरि बराल, संगीतकार न्ह्यू बज्राचार्य र गायिका लोचन भट्टराईलाई ‘नातिकाजी संगीत पुरस्कार’ र गीतकार वसन्त चौधरी, गायिका मिलन अमात्य र संगीतकार हरि लम्साललाई ‘नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । सो अवसरमा राष्ट्रपति यादबले राष्ट्र र राष्ट्रियताको प्रवद्र्धनमा कलाकार एवं साहित्यकारको अहं भूमिका हुने उल्लेख गर्दै रचनात्मक काममा लागेर देशको गौरव र गरिमा कायम गर्न कर्तव्यनिष्ठ भई लाग्न जोड दिए । नेपाली संगीतका मूर्धन्य व्यक्तित्व नातिकाजीको नामबाट साहित्यकार एवं कलाकारलाई सम्मान गर्नु स्वर्गीय नातिकाजीप्रति सच्चा श्रद्धाञ्जति भएको डा. यादवले आफ्नो धारणा राखेका थिए ।
    नातिकाजी स्मृति समाजले उनको ८९औँ स्मृति दिवसको उपलक्ष्यमा पुरस्कार वितरण गरेको हो । समाजका अध्यक्ष शम्भूजित बाँस्कोटाको सभापतित्वमा आयोजित समारोहमा सम्मानितका तर्फबाट राजेन्द्र थापा र कृष्णहरि बरालले आफ्ना विचार राखेका थिए ।

    samman-sano-final milan-amatya

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु