• संगीतकार श्रेष्ठलाई यज्ञबहादुर स्मृति संगीत पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०७३, शुक्रबार

    फागुन ६ गते, दाङ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठलाई राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले यज्ञबहादुर स्मृति संगीत पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

    santosh shrestha
    परिषद्को जिल्ला शाखामा मनोज बुढाथोकीले स्थापना गर्नुभएको यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य, कला संगीत पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।

    पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको परिषद् जिल्ला शाखा सचिव तथा छनौट समितिका सदस्य दीपक शर्मा ‘समीर’ले जानकारी दिएका छन् । शाखा अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा केशव थापा, छविलाल कोपिला, दीपक शर्मा ‘समीर’ र शारदा शर्मा सदस्य रहेको पुरस्कार छनौट समिति दाङकै स्रष्टा लोकप्रिय संगीतकार श्रेष्ठलाई दिने निर्णय गरेका हुन् ।

    उक्त पुरस्कार परिषद्को यही फागुन १६ गते हुने वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनमा प्रदान गरिने सचिव शर्माले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु