• संगीता र रविन उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

    काठमाडौं, २४ भाद्र । हिजो सोमबार भएको हिट्स एफएम म्यूजिक अवार्डमा गायिका संगीता राना प्रधान र रविन शर्मा उत्कृष्ट गायक गायिका बन्न सफल भए । संगीता रानाको अनुपम एल्बममा रहेको तिमीले कति सजिलै बोलको गीतबाट हिट्स एफएम म्यूजिक अवार्डमा उत्कृष्ट संगीतकार, गीतकार र गीतले अवार्ड चुम्न सफल भएका छन् । उक्त गीत चार विधामा अवार्ड चुम्दै हिट्स एफएम म्यूजिक अवार्डमा उत्कृष्टताको श्रेणीमा पुग्यो । त्यसैगरी संगीता राना प्रधानले यही गीतबाट ‘रेकर्ड अफ दि इअर’को अवार्ड हात पारिन् भने गीतका संगीतकार आशिष अविरलले उत्कृष्ट संगीतकारको अवार्ड पाए । सोही गीतका रचनाकार काली प्रसाद रिजालले ’सङ अफ दि इअर’ शीर्षकको अवार्ड हात पारे । उत्कृष्ट पुरुष गायनको अवार्ड भने रबिन शर्माको पोल्टामा प¥यो । उनले मलाई सोध्दै बोलको गीतबाट उत्कृष्ट गायकको अवार्ड थापे ।
    त्यस्तै अवार्डमा आस्था राउतले महिला पप गायिकाको रुपमा अवार्ड थापिन् भने धमेन्द्र सेवानले ‘हेर्दा राम्रो’ बोलको गीतबाट पुरुष पप गायकको अवार्ड थापे । फिल्म मेघामा गोपाल योञ्जनको ‘थिएन कोही’ उत्कृष्ट ठहरिँदा रितु लामा र भूगोल दाहाल सह गायनमा उत्कृष्ठ ठहरिए । नट्टु शाहले नयाँ कलाकारको अवार्ड थापे । त्यस्तै युगल तथा समूह गायनमा अल्बाट्रस उत्कृष्ट ठहरियो भने यसले उत्कृष्ट रक आवाजमा पनि अवार्ड चुम्न सफल भयो । अन्जान बाबु शर्माले वर्षभरिको उत्कृष्ट लोकगीतमा अवार्ड थापे । नबिन क्षेत्री र प्रबिन क्षेत्रीले ‘नमस्ते’ बोलको गीतबाट उत्कृष्ट रक तथा पप संगीत सिर्जनाका लागि उत्कृष्ट ठहरिए ।
    २०७० सालभरि प्रकाशित गीत तथा एल्बमका स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रममा उत्कृष्ट संगीत संयोजनको अवार्ड सुमित विश्वकर्माले थापे भने क्याडेन्जा कलेक्टिभ उत्कृष्ट पप तथा रक एल्बम ठहरियो ।
    कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई लाइफटाइम अचिभमेन्टद्वारा सम्मान गरियो । थुप्रै गीत तथा फिल्मका सर्जक खरेलले सम्मानले सिर्जना कहिलै नमर्ने सन्देश गएको धारणा राखे । त्यसैगरी कार्यक्रममा दिवंगत तबलावादक कृष्णमान डंगोललाई मरणोपरान्त सम्मान गरियो । रबिन शर्मा, मुक्ति एण्ड रिभाइभल, आस्था राउत, अन्जान बाबु शर्मा आदि गायक गायिकाको प्रस्तुति बीच हिट्स एफएम म्यूजिक अवार्ड सम्पन्न भएको थियो ।

    hma_congratulations_2071_big

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु