• संगीत चोकमा गीतकारको बृहत भेला

    म्यूजिक खबर
    प्रकाशित: ७ चैत्र २०७०, शुक्रबार

    काठमाडौं, ७ चैत । गीतकार संघ नेपालले इटहरीको संगीत चोकमा स्रष्टाहरुको हक अधिकारको आवाज उठाउने क्रममा भोली शनिबार दिनभर विभिन्न कार्यक्रमसहित गीतकारहरुको भेला गराउँदैछ । विहान ७ बजेबाट प्रभातफेरीको कार्यक्रमसहित सुरु हुने गीतकारहरुको भेलामा स्रष्टाहरुकै हकअधिकारको कुरालाई अन्तरक्रियामार्फत सही दिशामा लैजाने बताइएको छ । चैत ५ गते एक प्रेस विज्ञप्ति गरी चैत ८ गते शनिबारका दिन ७ बजे इटहरी नगरपालिकाको प्राङ्गणबाट प्रभातफेरी सुरु गरी ९ः३० बजे बेहत स्रष्टा भेला र २ बजेबाट अन्तरक्रिया कार्यक्रमसमेत राखेको संघले नेपाली गीत लेखनको इतिहास, वर्तमान अवस्था र भविश्यमा चुनौतिहरु विषयमा बृहत छलफल गर्ने भएको छ । संगीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा गीतकार संघ नेपालले यस कार्यक्रम गर्न लागेको हो । कार्यक्रम इटहरीको संगीत चोकमा हुने भएको हो ।

    gitkar sadhana

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु