• संगीत नाट्य पुरस्कारबाट चार स्रष्टा सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: ४ श्रावण २०७२, सोमबार

    काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पाँचौ बार्षिकीको उपलक्ष्यमा प्रथम अग्रज स्रष्टालाई सम्मान गरिएकोे छ । सो अवसरमा रंगमञ्च तथा संगीत क्षेत्रका चार अग्रज स्रष्टालाई राष्ट्रपति डा. रामबरण यादबको हातबाट एकलाख नगदसहितको संगीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरिएको हो ।
    पुर्खाले छोडेर गएका धर्म, दर्शन र कला नै हाम्रो सम्पत्ति भएको बताउँदै पुराना कला र संस्कृतिलाई सुरक्षित गर्न अहम् भूमिका खेल्ने चार स्रष्टालाई सम्मान गर्नु भनेको सिर्जनाको सम्मान गर्नु हो, राष्ट्रपति यादवले भने । प्रतिष्ठानले संगीत तथा नाट्य क्षेत्रका कलाकारको उपचारको लागि कोष स्थापना गरी सम्मानको परम्परालाई निरन्तरता दिने जानकारी पनि दिइएको थियो ।

    chandraraj sharma
    सम्मानित व्यक्तित्वमा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल, संगीतकार चन्द्रराज शर्मा, नृत्य निर्देशक भैरवबहादुर थापा र लोकसंगीतकर्मी न्हुच्छेबहादुर डंगोल रहेका छन् । रिमाल रेडियो नेपालमा गीत रेकर्ड गर्ने पहिलो गायक हुन् भने रंगमञ्च तथा रेडियोमा लामो समय नाटक निर्देशकको रुपमा काम गरिसकेका छन् भने सांस्कृतिक संस्थानको निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका छन् । संगीतकार शर्माले धेरै वृत्तचित्रमा संगीत निर्देशन गरेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत विभागको निर्देशकको रुपमा लामो समय काम गरिसकेका छन् ।

    19-Jul-2015apm12.indd
    त्यस्तै नृत्य निर्देशक भैरवबहादुर थापा राष्ट्रिय नाचघरको नृत्य निर्देशकका रुपमा कार्य गरिसकेका व्यक्ति हुन् । थापाले मयुर नृत्य, याक नृत्य, झाँक्री नृत्यु, पदमसम्भव नृत्यजस्ता संस्कृतिलाई विदेशमासमेत पु¥याएका छन् । त्यस्तै लोकबाजाका विज्ञ डंगोलले मादल, धिमे, ढोलक, तबलादेखि ज्याज ड्रमलगायतका पाश्चात्य बाजामा समेत अनुभव सम्हालेका छन् भने त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु