• संघको अध्यक्ष पदबाट गम्बु बर्खास्त, महासचिव बुढाको चलखेल, कन्हैयाको राजिनामा

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार

    न्यूयोर्क ।  अमेरिकामा विभिन्न कार्यको शिलशिलामा पुगेका कलाकारहरुको छाता संगठनका रुपमा गठित भएको नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष पदबाट गम्बु शेर्पालाई बर्खास्त गरिएको छ । शेर्पाले एकलौटी रुपमा संस्थाको नियम विपरीत आफ्नो मनोमानी ढंगले आएको भन्दै संघको बैठकले गत अगस्ट ९ तारिख बैठक बसी स्पष्टिकरणसमेत माग गरेको र अध्यक्ष शेर्पाले मनोमानी गर्दै संघप्रति वेवास्ता गरेकोले उनलाई बहुमतका आधारमा निलम्बन गरिएको थियो । शेर्पाप्रति नेपालबाट संस्थाको नामलाई प्रयोग गरेर अमेरिका मान्छे छिराउने गरेको आरोप लगाउँदै संस्थाले यस्तो कुनै पनि कार्य गर्ने नगरेको भन्दै कार्यवाहक अध्यक्ष कन्हैया सिंहको अध्यक्षतामा बसेको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गर्दै अध्यक्ष शेर्पालाई निलम्बन गरी सिंहलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको स्रोतले बतायो ।

    यता अध्यक्ष शेर्पाको निलम्बनपछि महासचिव सुमन बुढामगरको चलखेल भने ठूलै रहेछ भन्ने बुझिएको छ । सबैभन्दा बढी आक्रोशित बन्दै महासचिव बुढाले जसरी पनि अध्यक्ष गम्बु शेर्पालाई हटाउनु पर्ने चर्को माग बैठकमा राखेको स्रोतको दाबी छ । तर उनको भित्री रहस्य भने अहिले खुल्न थालेको छ । अध्यक्षसँगको मिलेर अमेकिारमा नेपालीलाई भित्र्याउने काममा भागबण्डा नमिलेपछि उनले बर्खास्त गर्ने कुरामा जोड दिएको र अहिले भागबण्डा मिलेपछि अध्यक्ष गम्बु नै हो भन्ने गरेको रहस्य खुलेको हो । अहिले अध्यक्ष शेर्पा र महासचिव बुढाबीच भागबण्डा मिलेपछि संघको अध्यक्ष पदमा शेर्पा नै रहेको दाबी गर्दै अमेरिकामा भएको एक कार्यक्रममा शेर्पालाई अध्यक्षको तर्फबाट आसन ग्रहण गर्नसमेत बोलाएपछि यो रहस्य खुलेको हो । स्रोतका अनुसार पहिला जसले शेर्पाको बढी विरोध गथ्र्यो अहिले उही व्यक्ति अध्यक्ष नहटेको प्रतिक्रिया दिँदै हिंडेका छन् । उनको गैरकानूनी क्रियाकलापप्रति समर्थन जनाउँदै बैठकमा बर्खास्त गर्ने अभियान अगाडि बढाएका बुढाले निर्णयमा हस्ताक्षर गरेका समेत छन् । तर यतिबेला अध्यक्ष पद नहटेको दाबी गर्दै विभिन्न ठाउँमा उनले शेर्पालाई नै च्यापेर हिंडेको स्रोतको दाबी छ ।

    kanhaiya singh

    यसो त शेर्पा यो भन्दा पहिला पनि विभिन्न काण्डमा मुछिएका व्यक्ति हुन् । उनले नेपाली युवायुवतीलाई अमेरिकासम्म पु¥याएर लाखौं असुल गर्ने घटना त सामान्य नै बनिसकेको छ । नेपाली अमेरिकन कलाकार संघको साधरणसभा भने यही नोभेम्बर ८ तारिखका दिन सम्पन्न हुन गइरहेको छ ।

    गायक कन्हैया सिंहले हिजो नोट अफ डिसेन्टसहित राजिनामा समेत दिएको स्रोतले बतायो । उनले संस्थाभित्र रहेर काम गर्दा व्यक्तिगत कम्पनीजस्तै चलाउन खोज्नेहरुसँग सँगै रहेर काम गर्न नसकिने भन्दै महासचिव सुमन बुढामगरका गल्तीहरुलाई बुँदागत रुपमा लेख्दै राजिनामा दिएको एक विश्वस्त सुत्रले बतायो । सिंहले ६ बुँदे नोट अफ डिसेन्ट लेखेर संस्था कसैको पेवा होइन जसले राम्रोसँग चलाउन सक्छ उसले चलाउनु पर्छ तर संस्थाका नाममा गैरकानुनी गतिविधि गर्ने काम रोकिनुपर्छ भन्दै आफूलाई जबर्जस्ती कार्यवाहक अध्यक्ष बनाएर उल्टो आरोप लगाउन खोजिएको हुँदा कार्यवाहक अध्यक्षको पदबाट राजिनामा दिन बाध्य भएको भन्ने कुरा लेख्दै राजिनामा दिएको बताइएको छ। आफू कलाकारको हकहितका लागि संस्थाबाहिर रहेर पनि लड्न सक्ने भएको हुँदा पदमा रहिरन मानवताले नदिएको भन्दै उनले संस्थाले कलाकारको हित विपरित काम गरेको हुँदा राजिनामा दिनु परेको उनको नोट अफ डिसेन्टमा उल्लेख भएको स्रोतले बतायो । यतिबेला संस्थामा चरम विरोध पैदा भएको छ । आन्तरिक विवादका कारण यतिबेला संघभित्रका सदस्यहरुले सोच्नुपर्ने बेला आएको नजिकका केही सदस्यहरुले बताएका छन् ।

    साभारः नोपाल आवाजबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु