• संचारकर्मी कृष्णबाबुले भने भाँच्न कम्मर भाँच

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७२, बुधबार

    कमल न्यौपाने । युएई ।


    नेपाली नारीहरुको महान चाड तीज नजिकिदै जाँदा नेपाली कलाकारहरु पनि तीजमै रमाउन थालेकाछन् । तीज आउन अझै डेढ महिना जती बाँकी रहँदा कलाकारहरु नाँच्न र गाउँनमा निकै ब्यस्त हुन थालेकाहुन् । तीज गीतका अडियो र भिडियो बजारमा आउने क्रम पनि बढीरहेकोछ । देशका बिभिन्न ठाँउमा तीजका भिडियो निर्माण कार्यले तीज अहिले नै हो जस्तो लागेकोछ ।

    2

    देशमा आएको महाबिनशकारी भुकम्प र त्यसबाट भएको क्षतीका कारण तीजका गीतहरु बजारमा आउन केही ढिला भएपनी पछील्लो समय यो क्रम तिब्र रुपमा बढिरहेको छ । यो क्रमबाट संचारकर्मी कृष्ण बाबु पनि पछी हटेनन । केही समय अगाडि ‘भाँचन कम्मर भाँच’ बोलको तीज गीतको अडियो बजारमा ल्याइसकेका कृष्णले उक्त गीतको भिडियो छायांकन समेत सम्पन्न गरेकाछन् । काठमान्डौ जोरपाटी स्थित चामुन्डा हल नजिकै रहेको शेर्पा पार्टी प्यालेसमा गीतको भिडियो सुटिङ कार्य सम्पन्न भएकोछ ।

    4

    राजेन्द्र कंडेल र शिलु भट्टराईको स्वर रहेको ‘भाँचन कम्मर भाँच’बोलको गीतमा बब्बु थापा र सुश्मा अधिकारीले अभिनय गरेकाछन । गीतलाई केही रमाइलो बनाउनकै निम्ती कमेडी कलाकार उज्ज्वल दानबिरको समेत बिशेषप्रस्तुती राखिएको कृष्णले जानकारी दिएकाछन् । एकता फिल्मस् प्रा.लि.ले निर्माण गरेको उक्त भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् भने शब्द स संचारकर्मी कृष्ण बाबुको नै रहेको छ । सुपारी म्युजिकले उत्पादन तथा बितरण गरेको उक्त गीतको हेर्न तथा सुन्नलाई भने अब केहि दिन कुर्नै पर्ने छ ।

    5

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु