• ‘संस्कृति सुन्दरी’को खोजी

    म्यूजिक खबर
    प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

    नेपालीकला सांस्कृतिको संरक्षण प्रवर्धनका लागि नयाँ पुस्तालाई प्रेरित गर्न ‘दोस्रो मिस नेपालकल्चर नेपाल २०१६’हुने भएको छ । नेपालका ५९ जनजातीसँगै, आर्य, मुस्लिम, मधेसी समुदायसहित सबैले भाग लिन पाउने यो प्रतियोगिताको प्रारम्भिक आज गरिएको छ । २६ चैतबाटै उनीहरुको विविध प्रशिक्षण सुरु हुनेछ ।

    आगामी २० बैशाखमा राजधानीको सँस्कृतिक सँस्थान नाचघरमा भव्य समारोहबीच मिस कल्चर नेपाल २०१६ को चयन गरिने आयोजकपक्षले जनाएको छ । यो प्रतियोगितायुहान ईन्टरनेशलनइभेन्टस् प्रालिको आयोजना, साँस्कृतिक सँस्थानको सहआयोजनातथा विलक्षण क्रियसनको ब्यबस्थापन सहयोगमा हुन लागेको हो ।

    cultural dress
    सँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले यो प्रतियोगितामा सहभागीहुनेलाई नेपालकाविभिन्नजाति, जनजाती समुदाय, उनीहरुको रहन सहन, रीति रिवाज, कला, सँस्कृतिधर्म, सँस्कार बारे जानकारी गराउँदै आफ्नो कलासंस्कृति संरक्षणमा प्रेरित गर्ने बताए, ‘संस्कृतिक संस्थानको उदेश्यनयाँ पुस्तामाआफ्नो कला सँस्कृतिको संरक्षणमा प्रेरित गर्नु भएकाले यो प्रतियोगितालेउनीहरुमाआफ्नो कला संस्कृति संरक्षणमा प्रेरित गर्ने हाम्रो विश्वास छ ।’
    महाप्रबन्धकथापाले भने,पश्चिमा संस्कृतिले हाम्रानयाँ पुस्तकअश्वभाविक रुपमाप्रभावितपार्न थालेकाले पनिहामीले आफ्नो संस्कृतिक संरक्षणका लागि यस्ता कार्यक्रमगर्नु पर्ने भएको छ ।’
    यस्तै आयोजक संस्थाकी अध्यक्ष संजिता श्रेष्ठले यो प्रतियोगिताको उद्देश्य सौन्दर्यसंगै प्रतिभा प्रस्तुतितथा संस्कृतिक संरक्षणसमेत रहेको जानकारी गराईन् ।उनकाअनुसार प्रतियोगितामा सहभागीहुनेले न्युनतमएसएलसीपास हुुनु पर्ने, १६ देखि २६ उमेर समुहको कम्तिमापांच फिट उचाई भएको हुनु पर्ने छ ।
    प्रतियोगितामाबिजयीहुनेले एक वर्षसम्म सँस्कृतिक संस्थानको सदभावनादुतको रुपमा राष्ट्रिय, अन्नतर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नु पर्ने छ । यस्तै विजेतालाई सालीमार ज्वेलर्सकातर्फबाट चाँदीको ताज, भक्स वागनकारकातर्फबाट एक वर्षसम्मविशेष समारोहमा सहभागी हुन कार सेवा, इन्द्र ट्राभल एन्ड टुरकातर्फबाट पोखराको द लेक साईट रिट्रिट होटलमा दुई राततीनदिनको बसाई एवं भोजन सहितविभिन्नउपहार प्राप्त गर्नेछिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु