• सकियो दिल्ली धूम मचाले

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७१, शुक्रबार

    काठमाडौं, १२ बैशाख । दिल्ली धूम मचाले र सांस्कृतिक कार्यक्रम गुहावटीको कार्यक्रम सकेर कलाकारहरु नेपाल फर्किएका छन् । प्रवास नेपाली जनकल्याण समिति (रजि) दिल्लीको आयोजनामा भएको दिल्ली धूम मचाले र सांस्कृतिक साँझ गोहाटीको कार्यक्रम सकेर नेपाली कलाकारहरु नेपाल फर्किएका छन् । अप्रिल १३ तारिखमा भएको दिल्लीको साह अडिटोरिअममा भएको दिल्ली धूम मचाले र १९ अप्रिलमा भएको गोहाटीको भेटनरी ग्राउन्डमा भएको उक्त कार्यक्रमका लागि नेपालबाट गायक गायिका एवं हाँस्य कलाकारसहितको जम्बो टोली त्यहाँ पुगेको थियो । एपी मेमोरियल शिक्षा निकेतनको प्रायोजनमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, रोज माक्तान, गायिका रजिना रिमाल, मुना थापा, रिता बुढाथोकी, हाँस्य कलाकार कमल गाउँले, नृत्यांगना सन्ध्या पौडेल लगायतको प्रस्तुति रहेको थियो । उनीहरुले प्रवासमा रहेका नेपालीहरुलाई सांस्कृतिक मनोरञ्जन दिएर नेपाल फर्किसकेका छन् ।
    भाषा संस्कृति र परम्पराको सम्मान गरौं– नेपाल भारतबीचको मित्रतालाई कायम राखौं भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमले नेपाली र नेपालीभाषीबीचको सांस्कृतिक सद्भावलाई अझ मजबुत बनाएको प्रवास नेपाली जनकल्याण समितिका अध्यक्ष राम डाँगीले बताए । यस्ता कार्यक्रमहरु नेपालीहरुको हितमा विगतमा पनि गरिएको थियो भने आगामी दिनमा पनि यसको निरन्तरता रहने डाँगीले म्यूजिक खबरलाई बताए ।

    rajina-birahi

    prem-birahi-muna

     

    muna thapa

     

    kamal gaunle

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु