• सञ्चारकर्मी हरिको म्युजिक भिडियो बजारमा

    म्यूजिक खबर
    प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

    लम्की । ‘कला संस्कृतिलाई जोगाई राख्नुपर्छ’ भन्ने मान्यता बोकेका कैलालीका सञ्चारकर्मी हरि चौधरीको पहिलो थारू लोक गीतको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतको म्यूजिक भिडियोसँगै सञ्चारकर्मी हरिले आफ्नो कलाकारिता जिवन सुरु गरेका हुन् । म्युजिक भिडियो बजारमा आएसँगै सानैदखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका, कैलालीको लम्की–चुहा नगरपालिका–११, पिपरकोटी घर भएका चौधरीको कलाकार बन्ने सपना पूरा भएको छ ।

    थारू भाषाका राष्ट्रिय लोक गायक मनिराम चौधरीको थारु गीति एल्बम ‘मोर चम्फा फुलवार’ मा समावेश रहेको टाईटल गीत ‘मोर चम्फा फुलवार’ बोलको गीतमा थारू राष्ट्रिय लोक गायक मनिराम चौधरी र विन्दू शर्माको स्वर रहेको छ ।

    hari-1
    सोहेलदेव थारू र फिरोज राजबंशीको संयुक्त लगानीमा निर्माण गरिएको म्युजिक भिडियोमा सञ्चारकर्मी हरि चौधरी, सुनिता चौधरी फिरोज चौधरी, भीमा चौधरी, वीरु चौधरी, रिमा चौधरीको अभिनय रहेको छ । निर्देशक थारू नायक तथा निर्देशक कृष्णा चौधरी र सुधराम दहितले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन भने विवश चौधरीले गरेका हुन् । सञ्चारकर्मीले जनाए अनुसार करिब ४० हजारको लागतमा म्युजिक भिडियो बजारमा आएको हो ।

    hari

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु